पर्सा – पर्साका आधा दर्जन ‘हेभिवेट’ नेताहरुलाई यो पटक चुनाव जित्न सकस हुने देखिएको छ । विगतमा पर्साका विभिन्न चुनाव क्षेत्रबाट जितेर मन्त्रीसम्म भएका नेताहरुलाई यो पटक भने जित अनिश्चित बनेको हो ।
पर्साबाट जितेर मन्त्रीसम्म बनेका तीन जना, सहायक मन्त्री बनेका एक, राज्यमन्त्री एक र मधेस प्रदेशको पहिलो मुख्यमन्त्री गरी जम्मा छ जना पूर्व र बहालवाला मन्त्रीहरु यो पटक पनि उम्मेदवार चुनिएका छन् । तर उनीहरुले चुनाव जितेर गएपछि आफ्ना वाचा तथा प्रतिबद्धतामा खरो नउत्रेका कारण उनीहरुलाई अहिले चुनावी चुनौती थपिएको...