पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन शपथ

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् ।  उनले बुधबार अबेर बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।  मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा...

सम्बन्धित सामग्री

राजनीतिमा इमान कायम गर

केन्द्रमा पाँच दलीय गठबन्धनबाट शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण भएसँगै देशभरका प्रादेशिक तहका सरकार पनि एकपछि अर्कोगरी फेरिने क्रम जारी छ । यसैक्रममा बाग्मती प्रदेशमा नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले बिदा लिएको छ । त्यसको स्थानमा राजेन्द्र पाण्डे नेतृत्वको सरकार स्थापना हुन पुगेको छ । सरकार ढल्ने र निर्माण हुँदै गर्दा जनताको […] The post राजनीतिमा इमान कायम गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देशकै पहिलो महिला मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य

भदौ ३, हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन् ।  उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि  निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजिनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् । नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छन् ।   दुई जना मन्त्रीको शपथ प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले बुधवार राति पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई शपथग्रहण गराएका हुन् ।