कोरोनाका कारण रोकियो इजरायल जाने श्रमिकको उडान

काठमाडौं :  कोरोना भाइरस कारण इजरायल जाने श्रमिकको उडान एक साता रोकिएको छ। नेपालबाट इजरायल पुगेका र जाने तयारीमा रहेका श्रमिकमा कोरोना संक्रमण भएपछि उडान एक साता स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।आइतवार हुने उडान रोकिएको  विभागले जनाएको छ। इजरायल जान तयार भएका र इजरायल पुगेका श्रमिकमा संक्रमण देखिएका कारण अर्को उडान एक साता पछि सारिएको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए। हाल पोजेटिभ रिपोर्ट आएर आइसोलेसनमा बसेका श्रमिकले घर पायक पर्ने स्वास्थ्य संस्थामा पिसिआर परीक्