बागमती काँग्रेस अधिवेशन: निर्धारित समय भन्दा ६ घण्टा ढिलो गरी मतदान सुरु

निर्धारित समय भन्दा ६ घण्टा ढिलो गरी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । निर्वाचनको कार्यतालिका अनुरूप बिहान १० बजेबाट हुनुपर्नेमा मतदान अन्तिम उम्मेदवारी नामावली र मतपत्र छपाइमा ढिला हुँदा मतदान निर्धारित समय भन्दा ढिला गरी सुरु भएको हो ।निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेका अनुसार मतदाताले रातिको १० बजे सम्ममा मतदान कार्यक्रम  सञ्चालन हुनेछ । प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेन दास प्रधान र जगदिश्वर नरसिंह केस