योगेश भट्टराई भन्छन्- विश्वासको मत दिने नदिने भोट हाल्ने बेलामा मात्रै थाहा हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने नदिने भन्ने कुरा भोट हाल्ने बेलामा मात्रै थाहा हुने प्रतिक्रिया दिएका छन् ।  लोकान्तरसँगको कुराकानीमा भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने भन्नेबारेमा अहिले केही भन्न नसकिने बताएका हुन् । नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालको कोर टिमले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताइरहेको छ भने केही नेताहरू भने त्यसको विपक्षमा छन् ।  प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि मा...

सम्बन्धित सामग्री

माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नहाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यस