यस्ता छन् फागुन २६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णय

फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु : १. बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध र क्रियाशील रहेको। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन तथा साइट सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै फोहरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न र पहुँच सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको। यससम्बन्धी कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिहरूसमेत रहेको एक उच्चस्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालाहरू समेतको सहभागितामा एउटा Rapid Action Task Force गठन गर्ने निर्णय समेत भएको।२. राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वमा रहेको सुर्खेत जिल्लामा रहेको क्षेत्रफल -९-८ को जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृति प्रदान गर्ने। ३. नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा श्री उमेशप्रसाद थानी (सुर्खेत) लाई नियुक्त गर्ने।४. संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा २०२२ मार्च ७ देखि १८ सम्म संचालन हुने United Nations Convention on the Law of the Sea on the conservation and sustainable use of marine biological diversity of areas beyond national jurisdiction (BBNJ) अन्तर्गत Inter-Governmental Conference को चौथो सत्रमा नेपालको तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री उदयराज सापकोटा नेतृत्वको भ्रमण स्वीकृत गर्ने।५. बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च, २०२२ मा आयोजना हुने 36th Session of the FAO Regional Conference on Asia and Pacific| मा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाइ स्वीकृति दिने।६. बीउ बिजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउ बिजन समितिबाट सिफारिस भई आएबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने ।७. सरकार-सरकार (G to G) विधि अन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारीपत्रमा भएको व्यवस्था बमोजिम Joint Steering | Committee मा सहभागी हुन नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास महाशाखाका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामाग्री कम्पनी लिमिटेडलाई तोक्ने।८. साउदी अरबका परराष्ट्रमन्त्रीबाट २०७८ फागुन ३० देखि चैत १ सम्म गर्नु हुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने। ९. नेपाल र साउदी अरब सरकार बीच हुने GENERAL COOPERATION AGREEMENT BETWEEN THE GOVERNMENT OF NEPAL AND THE GOVERNMENT OF THE KINGDOM OF SAUDI ARABIA मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने।१०. २०७८ चैत्र १४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने Government Counsultation on the StockholmO LDC Engagement | Strategy Preparatory meeting सम्बन्धी कार्यक्रममा सहभागी हुन सचिव डा. पेम नारायण कँडेललाई स्वीकति दिने।११. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलललाई संयुक्त अरब इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने।१२. तुलसीपुर उपमहानगरपालिका र स्पेनको बिलबाओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति प्रदान गर्ने। १३. फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने । १४. राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने। १५. पत्रकार दुर्घटना बीमा (व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गर्ने।१६. वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ स्वीकृत गर्ने|१७. निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गर्ने १८. औद्योगिक व्यवसाय नियमावली, २०७८ स्वीकृत गर्ने। १९. सार्वजनिक खरिद (एघारौं सशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने। 

सम्बन्धित सामग्री

नवगठित मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णय

नवगठित सरकारको मन्त्रिपरिषद् बैठककले विभिन्न निर्णय गरेको छ । फागुन २८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय आज मंगलबार सार्वजनिक गरिएको हो । बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले ती निर्णयहरुबारे जानकारी दिनुभएको हो । सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म …

मन्त्रिपरिषद बैठकः यस्ता छन् ३२ निर्णय

काठमाडौं । सरकारले भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृत दिएको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।अध्ययन भ्रमण दलमा सदस्यद्वय युवराज संग्रौला...