सर्वोच्चको फैसलापछि देउवा निवासमा चहलपहल, फूलमाला लिएर बधाई दिनेको लर्को

सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा चहलपहल शुरू भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा नेता, कार्यकर्ता र शुभचिन्तकहरूको भीड लागेको हो । देउवाका शुभचिन्तकहरू फूलमाला लिएर बूढानीलकण्ठ पुगेका छन् । यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशबमोजिम मंगलवार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने हुन्छ । हेर्नुहोस्, देउवा निवासका तस्वीरहरू :