कर अभिलेख र बिलिङ त्रुटिमा सिंहदरबारका तीन चमेना गृहलाई ६२ हजार रुपैयाँ जरिवाना

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय, पुतलीसडकले सिंहदरबार परिसरमा सञ्चालनमा रहेका व्यवसायमा गरेको बजार अनुगमनका क्रममा करसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको पाइएपछि तीन व्यवसायीलाई कारबाही गरेको छ। कार्यालयले सिंहदरबार परिसरमा सञ्चालनमा रहेका व्यवसायमा गरिएको अनुगमनका क्रममा तीन करदातामा विभिन्न प्रकृतिका करसम्बन्धी अनियमितता फेला परेका हुन्। अनुगमनका क्रममा जी एण्ड बी क्याफे ग्रुप (सेन्ट्रल क्यान्टिन)मा करपाटी नराखेको, […]