आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं । आज बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गत मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यकामा कोभिड […] The post आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कोहेलपुर–सुर्खेत सडक खण्डमा राति दुई पाङ्गग्रे सवारी बन्द

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिप्रका कार्यालयले सूचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङग्रे सवारी सञ्चालनमा रोक लगाएको हो । सो घटनालाई लिएर स्थानीयवासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिए […]

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जङ्गली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुई पाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने […]

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुईपाङ्ग्रे सवारी सधान सञ्चालन रोक

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।  सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । यसैबीच आइतबार दुई जनाको मृत्यु भएसँगै मृतकका आफन्तले सोमबार बिहान ११ बजेदेखि अवरुद्ध गरेको कोहलपुर–सुर्खेत (रत्नराजमार्ग) सडक झण्डै ६ घण्टापछि खुलेक

राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउँदै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलवार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठकले बिहीवारदेखि लागू हुने गरी उपत्यकाको निषेधाज्ञा थप गरेको हो । बैठकले यसअघिको निषेधाज्ञालाई निरन्तरता दिँदै रातिको समयमा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले पसल तथा व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने र भीडभाडका क्षेत्र सञ्चालनमा प्रतिबन्ध लगाई निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार सबै प्रकारका सभा, गोष्ठी, पार्टी प्यालेस, जीम, डान्सबार, खेलकुद, क्लब, स्वीमिङ पुल, मनोरञ्जनका क्षेत्र आदि सञ्चालनमा रोक यथावत् राखिएको छ । धार्मिक स्थल पनि पुजारीले नित्यकर्म गर्न पाउने गरी मात्रै खुला गर्न पाउने निर्णय गरिएकोमा एउटा कोठामा २५ जनासम्म मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ । कोभिडको संक्रमण बढ्दै गएकोमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको बताउँदै प्रजिअ पराजुलीले मास्क नलगाउने र प्रतिबन्धित क्रियाकलाप गर्नेलाई कारबाही गरिने बताए । हाल बन्दाबन्दी खुलेसरह भए तापनि उपत्यकाका प्रजिअहरूले निषेधाज्ञालाई यथावत् रूपमा थप गरिरहेका छन् । स्वास्थ्यविद्ले भने यसलाई कर्मकाण्डी निषेधाज्ञा मात्रै भएकाले यसले संक्रमण नरोकिने बताएका छन् । राति ८ बजेपछि सवारी सञ्चालनमा रोक लगाउनुलाई कर्मकाण्डजस्तै भएको टिप्पणी गर्दै स्वास्थ्यविद् समीरमान दीक्षितले यो आपूmले महामारीका बेला केही गरेको देखाउनका लागि मात्रै गरेजस्तो भएको बताएका छन् । ‘अर्थतन्त्रदेखि सबै क्षेत्रलाई बन्दाबन्दीले नराम्रोसँग हिर्काएकाले अब निषेधाज्ञा विकल्प त होइन, गर्नु हुँदैन,’ उनले भने, ‘निषेधाज्ञाको निर्णय केही गरेको जस्तो देखाउनका लागि मात्रै भइरहेकोमा यसले संक्रमण रोक्दैन ।’ उनले बन्दाबन्दी खुकुलो बनाउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई खोप दिनु नै अबको विकल्प भएको बताए । पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएकोमा अस्पतालहरू भरिन थालेका छन् । मंगलवार २४ घण्टाको अवधिमा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएकोमा थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोभिडको नयाँ भेरियन्टबाट सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेरसमूह प्रभावित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलवार गरिएको परीक्षणका क्रममा मात्रै ३१ प्रतिशत संक्रमण यो उमेरसमूहका व्यक्तिमा देखिएको हो । हाल नेपालमा ३७ हजार ३३२ संक्रिय कोरोना संक्रमित रहेको जानकारी उनले दिए ।

काठमाडौंमा कडाइ गर्दै निषेधाज्ञा थप, ८ बजेपछि सबै सवारी सञ्चालनमा रोक

साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।

उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक

कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो ।

उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।  ‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।’ निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटी

नारायणगढ-मुग्लिन सडक थप धसियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन …

तीनपाङ्ग्रे सञ्चालनमा रोक

भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य सहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य सहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।

आजदेखि मुग्लिन–नारायणगढ सडक रातिमा बन्द - Karobar National Economic Daily

चितवनः स्थानीय प्रशासनले निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाएको छ । व्यवस्थापिका संसद् विकास समितिले स्थलगत निरीक्षण गरेपछि पहिरोको उच्च जोखिम रहेकाले राति सवारी सञ्चालनमा रोक लगाउन…