कर्मचारी आन्दोलनलाई सरकारको बेवास्ता

काठमाडौं : सरकारले स्थानीय तहका कर्मचारीको आन्दोलनलाई बेवास्ता गरेको छ।संसदमा पेश हुन लागेको संघीय निजामती ऐनमा असन्तुष्टि जनाउँदै आन्दोलन थालेको ६ दिन बितिसक्दा पनि सरकारले वार्ताका नाममा झारा टार्ने काम मात्र गरेको आन्दोलनरत कर्मचारीहरूले आरोप लगाएका छन्।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले आज भेट्न खोजेकाे भन्दै मन्त्रालयकै कर्मचारीले फोन गरे पनि आन्दोलित कर्मचारीहरू गएनन्।वार्ताका लागि कर्मचारीले नभइ सरकारले आधिकारिक रूपमा जानकारी गराउनुपर्ने स्थानीय तह संघर्ष समिति