सवारी दुर्घटनाका घाइतेको आकस्मिक प्राथमिक उपचारका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरे ।मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग सा