काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित चारै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। शीतल निवासमा जारी उक्त बैठक जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरणलगायत विषयमा केन्द्रित रहेको बताइएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरूलाई सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न आग्रह गर्नुभएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार राष्ट्रपति पौडेल र बौद्धिक समुदायका ११ जना अगुवाहरूबीच छलफल भएकाे हाे । साेही छलफलमा उहाँले यस्ताे आग्रह गर्नुभएकाे छ। छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपति पाैडेलले दलहरूलाई आगामी फागुन २१ गतेका लागि निर्धारण भएको निर्वाचनमा […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासल जाँदैछन् । सम्पर्क समन्वय कमिटीको आयोजनामा शनिबार चियापान कार्यक्रम आयोजना गरिएको सचिव आरसी लामिछानेले बताएका छन् । अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा २ बजेका लागि कार्यक्रम आयोजना गरिएको हो ।