नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा

काठमाडौं । अञ्जन विष्टले अन्तिम समयमा बराबरी गोल फर्काएपछि नेपालले साफ च्याम्पियनसिपमा आज बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । यससँगै नेपालले पहिलोपटक प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ ।  कम्तीमा बराबरी गर्नुपर्ने खेलमा नेपाल नवौँ मिनेटमै १-० ले पछि परेको थियो । तर, खेल सकिन तीन मिनेट बाँकी हुँदा अञ्जनले...

सम्बन्धित सामग्री

ऐतिहासिक अवसरबाट चुक्यो नेपाल, भारतलाई आठौँपटक उपाधि

काठमाडौं । पहिलोपटक फाइनल खेलेको नेपालले साफ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जित्ने मौका गुमाएको छ । शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतलाई ३–० को नतिजा सुम्पिएपछि पहिलोपटक साफको उपाधि जित्ने मौका गुमाएको हो ।  यससँगै भारतले कीर्तिमानी आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भारतको जितमा कप्तान सुनिल क्षेत्र...

साफ फाइनल : नेपाल र भारत दुवैका लागि कठिन

काठमाडौं : १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधी भिडन्त नेपाल र भारत दुवैका लागि कठिन हुने देखिएको छ। दुवै देशका प्रशिक्षकले एक अर्का टिमलार्ई बलियो प्रतिद्वन्द्वीका रुपमा चित्रण गर्दै खेल कठिन हुने प्रतिक्रिया दिएका हुन्।नेपाली टोलीका प्रशिक्षक किरण श्रेष्ठले भारतसँगको खेल त्यत्ति सजिलो नहुने बताएका छन्। खेलको अघिल्लो  दिन उनले भारत विरुद्धको खेललाई ठूलो खेलको संज्ञा दिँदै नेपालले यो खेललाई अवसरका रुपमा लिने बताए।उनले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख ग

नेपाललाई ऐतिहासिक सफलता दिलाएका अल्मुताईरिले किन गरे नेपाल छाड्ने घोषणा ?

दक्षिण एशियाकै सबै भन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिपमा नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। नेपाललाई ऐतिहासिक सफलता दिलाए लगत्तैको प्रेसमिटमा अब्लुल्लाह अल्मुताइरीको यो घोषणाले नेपालका फुटबल प्रेमीलाई अचम्मित बनाएको छ। साफ च्याम्पियमशिप सुरु भएयताकै नेपालको ठुलो उपलब्धि हासिल गरे लगत्तै अब्लुल्लाह अल्मुताइरीले गरेको यो घोषणालाई धेरै अर्थपूर्ण मानिएको छ। अब्लुल्लाह अल्मुताइरीलेले भनेका छन्, 'अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ ।' उनले अगाडी भने, 'हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।'उनको यो घोषणाले नेपालको फुटबल उद्योगमा धेरै ठुला समस्याहरु भएको कुरालाई उजागर गरेको छ भने नेपालको फुटबललाई हेर्ने अन्तराष्ट्रिय दृष्टिकोणमा समेत ठुलो धक्का लागेको छ। बंगालदेशसँगको १-१ को बराबरी खेलेर नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपमा यो नै नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो। आजको खेलमा नेपाल बिरुद्द ९ मिनेटमै लिएको अग्रता जोगाउन बंगलादेशले पूरै रक्षात्मक भएर खेल्यो। झण्डै सफल पनि भएको थियो । तर, अन्तमा भाग्यले नेपाललाई साथ दियो ।खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पाएपछि खेलको नतिजा मोडियो अञ्जन विष्टले मौका खेर फालेनन् । खेल बराबरीमा टुंगियो। र नेपाल ऐतिहासिक सफलता हासिल गर्दै फाइनलमा पुगेको हो।   बंगलादेशी खेलाडी रोएको दृष्यले नेपाली दर्शकलाई सन् १९९९ को साग फुटबलको फाइनलको याद ताजा गराएको छ । घरेलु मैदानमा भएको उक्त फाइनलमा नेपाल बंगलादेशसँग १-० ले हारेको थियो । खेलमा पूर्णनियन्त्रण कायम गरे पनि गोल गर्न चुक्दा नेपाल उपाधिबाट वञ्चित भएको थियो । नेपाली खेलाडीहरू यसरी नै मैदानमा रोएका थिए। बंगलादेशसँगको उक्त हारको बदला नेपालले आज लिएको छ ।

फाइनलमा नेपालको प्रतिस्पर्धी माल्दिभ्स कि भारत?

काठमाडौँ– माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा ऐतिहासिक नतिजा निकाल्दै फाइनल पुगेको नेपालले उपाधिका लागि भारत र माल्दिभ्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताअन्तर्गत बुधबार राति पौने १० बजे सुरु हुने लिग चरणको अन्तिम खेलमा भारत र माल्दिभ्सबीच निस्कने नतिजाले फाइनलमा नेपालको प्रतिस्पर्धी तय हुनेछ। साविक विजेतासमेत रहेको माल्दिभ्सले यो खेलमा बराबरी वा जित निकाले […]

नेपाल ऐतिहासिक फाइनल नजिक

कविरस शर्मा ।  नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुग्न मात्र एक जित आवश्यक रहेको छ । जारी साफको अंक तालिका अनुसार पछिल्ला दुई खेल जितेर ६ अंक बटुलेको नेपालले आगामी खेलमा भारत वा बंगलादेशमध्ये कुनै एक टिमलाई हराएमा स्पष्ट तीन अंक जोड्दै सोझै फाइनलको यात्रा तय […]

ऐतिहासिक फुट्सल लिगको उपाधि स्पोर्टस् क्यासललाई

पोखरा । ऐतिहासिक नेशनल फुट्सल लिगको उपाधि स्पोर्टस् क्यासल पोखराले जितेको छ । केहीबेरअघि पोखरा रंगशालामा भएको फाइनल खेलमा स्पोर्टस् क्यासलले काठमाडौँको शंखमुल फुट्सललाई ४–२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै भिल्लारियल च्याम्पियन

स्पेनिस क्लब भिल्ल रियल यूईइफए युरोपा कपमा पहिलो पटक च्याम्पियन बनेको छ। गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै भिल्लारियलले ऐतिहासिक उपलब्धि हात पारेको हो। निर्धारित समय र अतिरिक्त समय गरी १२० मिनेटमा पनि खेल १-१ बराबरीमा रोकिएपछि खेल पेनाल्टीसम्म पुगेको थियो। खेलको २९ औं मिनेटमा जेरार्ड मोरेनोको गोलमा…

अन्तर्राष्ट्रिया टी–२० क्रिकेटमा नेपाललाई ऐतिहासिक उपाधि

नेदरल्यान्ड्समाथि कीर्तिमानी जित निकाल्दै आयोजक नेपालले त्रिकोणात्मक शृखंलाको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १ सय ४२ रनको जित निकाल्दै उपाधि उचालेको हो । फराकिलो जित निकालेको नेपालले यसअघि भुटानविरुद्ध निकालेको १ सय ४१ रनको जितलाई सुधार गर्दै कीर्तिमानी रच्न सफल भएको हो ।नेपालले दिएको २ सय ३९ […]

युथ एसिया कपमा नेपालको ऐतिहासिक यात्रा सेमीफाइनलमा रोकियो

काठमाडौं : एसीसी यु-१९ युथ एसिया कपमा नेपालको ऐतिहासिक यात्रा सेमीफाइलनमा रोकिएको छ। साविकको विजेता भारतलाई पराजित गर्दै पहिलोपटक प्रतियोगिताको शीर्ष ४ मा स्थान बनाएको नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै फाइनल प्रवेश गर्न असफल भएको हो। नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले २० ओभर ३ बलमा ३...