कोशी प्रदेशसँग साट्‌यो राप्रपाले पूर्वाधार विकास समितिको सभापति

काठमाडौँ- सत्ता गठबन्धनले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक संसदीय समिति दिने सहमति भएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिने सहमति भएको हो । १० वटा समितिमध्ये माओवादीको भागमा दुई वटा समितिको सभापति परेको थियो । ...