जहाजको खोजी जारी

पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ९:५५ बजे पोखराबाट उडेको कलसाइन अल्फा इको ट्यांगो जहाज १०:१५ मा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, रातिसम्म जहाजको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।

सम्बन्धित सामग्री

मानापाथी हिमाल आसपास क्षेत्रलाई आधार मानेर जहाजको खोजी जारी

मुस्ताङ : हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ। पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो। खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयका प्रशासकीय…

सम्पर्कविहीन जहाजको खोजी जारी

काठमाडौं । झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे […]