क्यानडामा सोमवार सम्पन्न आमनिर्वाचनमा सत्तारूढ लिबरल पार्टीले लगातार तेस्रोपटक विजय हासिल गरेको छ ।
तर उसले बहुमत चाहिँ ल्याउन सकेन ।
लिबरल विजयी भएपछि एरिन ओ टूलको नेतृत्वमा रहेको कन्जर्भेटिभ पार्टीको भविष्य अन्योलमा छ । उनले हार स्वीकार गरेका छन् ।
क्यानडाको संसदमा कुल ३३८ सीट छन् । अहिलेसम्म लिबरलले १५५ सीट जितेको वा अग्रता हासिल गरेको छ भने कन्जर्भेटिभहरू १२१ सीटमा विजयी वा अग्रताको स्थितिमा छन् ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले विजयी सम्बोधनमा बताए, ‘अहिलेको समयले वास्तविक तथा मह...