काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका छन् । शनिवार काठमाडौँमा नेपाल मधुमेही समाजको ३६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । वैज्ञानिक प्रमाणहरूले बारम्बार चेतावनी दिँदा पनि नीति निर्माण तहमा रहेका नेतृत्वले यसलाई सामान्य रूपमा […]
मागहरू पूरा गर्न गरिएका वार्ता असफल भएपछि शिकागोका छ वटा प्रमुख होटलका कर्मचारीहरू शुक्रबार बिहानदेखि हडतालमा उत्रिएका छन्। यो हडताल प्रसिद्ध ‘शिकागो म्याराथन’ सुरु हुनै लाग्दा भएको हो। यस हडतालबाट मिलिनियम होटल निकरबोकर शिकागो, पाल्मर हाउस, शेराटन ग्रान्ड शिकागो रिभरवाक, वाल्डोर्फ एस्टोरिया शिकागो, द वेस्टिन शिकागो रिभर नर्थ र द वेस्टिन मिसिगन एभिन्यु शिकागो प्रभावित […]
काठमाडौं इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ का ६० स्वयंसेवकले काठमाडौं र ललितपुरका आठ विद्यालयमा सिर्जनात्मक सिकाइ गतिविधि सञ्चालन गर्नुका साथै रङरोगन र भित्तेचित्र निर्माणमा सहयोग गरेका छन् । अघिल्लो महिना नेपाल आएका स्वयंसेवकले विद्यालयका विद्यार्थीहरूसँग विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरेका थिए । उनीहरूले डाउन सिन्ड्रोम सोसाइटी नेपालमा दुई दिन बिताउँदै बालबालिकासँग अन्तरक्रिया गर्नुका साथै […]
एक पाइला अगाडि बढ्न समूहसँगै गोलो बाँधिएर हामी अर्को पाइला पछि हट्यौं। समूह स्वर यसरी मादकता फैलाउँदै थियो, आदिवासी अनुभूति कस्तो हुँदो हो भन्ने महसुस गर्न हामी समूहसँगै घुम्दै, हल्लिँदै नाचिरहेका थियौं।