खेतबारीमा धान र कोदो लहलह (फोटो फिचर)

हेटौंडा :कोदो फुल्यो बारीमा बरीलै...धानको बाला झुल्यो खेतैमा । नेपालीको महान् पर्व बडादशैँ आएको सङ्केत खेतमा झुलेका धान र बारीमा फुलेका कोदोका बालाले महसुस गराउँछन्। पछिल्लो समय कोदो लोप हुँदै गए पनि हेटौंडा-१२ पदमपोखरीका केही स्थानमा यति वेला धान र कोदोका बाला झुलेका छन्। कोदोका बाला फुल्दै छन् भने धानका बाला पाकेर झुल्न थालिसकेका छन्। तिहारमा फुल्ने सयपत्री र मखमली फूल भने यो वर्ष दशैँमा फूलेका छन्।