पहिरोले गर्दा आज यी सडक छन् अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण आएको पहिरोले गर्दा आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन्। काभ्रेको रोशी गाउँपालिका स्थित माम्तीखोलामा पहिरो खस्दा बिपी राजमार्गमा काठमाडौंबाट खुर्कोटतर्फ जाने आउने सवारी साधन रोकिएका छन्। ललितपुरको भट्टेडाँडा, बाग्मती गाउँपालिका र मकवानपुरको गढीमा पहिरोको कारण सवारी आवागमन रोकिएको छ। तनहुँको भानु नगरपालिका–१ रमाईलोडाँडा र नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध छ।