काठमाण्डौ – शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो ।
जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने घोषणा गरेको सत्यमोहन जोशीले बताउनुभयो ।
ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिनुभएका सत्यमोहन जोशी एक सय एक वर्षको पुग्नुभयो ।...