स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो