वाग्मती प्रदेशसभामा ५ वटा प्रतिवेदन पेस

वाग्मती प्रदेशसभाको बैठकमा विभिन्न समितिका ५ वटा प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएका हुन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरेका थिए ।