सरकारी जग्गा संरक्षण गर्न माग

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले सरकारी जग्गा संरक्षण गर्न माग गरेको छ । समितिले आज शान्ति वाटिकामा एक कार्यक्रमको आयोजना गरी सरकारले सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न माग गरेको हो ।     समितिका महासचिव युवराज कोइरालाले सरकारको नाममा रहेको जग्गा जमीन सरकारले आफ्नै मातहतमा ल्याएर भोगचलन गर्नुपर्ने माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिए । समितिले २३ गतेदेखि हस्ताक्षर अभियान सञ्चालन गरेको उाको भनाइ थियो ।

सम्बन्धित सामग्री

देशभरका सरकारी जग्गा सरकार मातहत ल्याउन दबाबका लागि हस्ताक्षर

काठमाडौं : सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी ,सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ।समितिले शुक्रबार काठमाण्डौको शान्ति बाटिकामा कार्यक्रम गरि सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको हो। ललितानिवास बालुवाटार लगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाएको संघर्ष समितिले सो हस्ताक्षरलाई सम्बन्धीत मन्त्रालयम