महावीर पुनलाई अर्थमन्त्रीकाे आग्रह - कृषि औजार कारखानाको अध्ययन गरेर सुझाव दिनुस्

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सिंहदरबारमा आज साेमवार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो । सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले ती कारखानाको अहिलेको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभइ कृषि औजार आविष्का...

सम्बन्धित सामग्री

आत्मकथा बेचेर कृषि औजार कारखाना चलाउन कस्सिएका महावीर पुन

आफ्नो जीवनी पुस्तक बेचेर प्राप्त आम्दानीले  वीरगञ्जस्थित कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने उनको घोषणा छ ।

पाल्पामा पुस्तक बिक्री गर्नुहुँदै महावीर पुन

वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यसहित पुस्तक बिक्री अभियान लिएर डा. महावीर पुन पाल्पा आइपुग्नुभएको छ ।

पुस्तक बिक्री गरेर कारखाना चलाउने धोको

वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आर्थिक सङ्कलनका लागि आफ्नो पुस्तक बिक्री गर्ने क्रममा बैतडी आइपुग्नुभएको छ । सामान्य परिवारमा जन्मेका पुनको जीवनगाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला हुँदै बैतडी पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष्य अनुरूप उहाँ मेची–महाकाली महाअभियान हुनुहुन्छ ।

बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा. पुन

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कनुभएको छ । शनिबार उहाँ तनहुँ पुग्नुभयो । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा पुन यस अभियानमा लाग्नुभएको हो । प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको छ । जुनजुन स्थानबाट निम्तो …

रुसले बनाइदिएको कारखाना संचालनमा ल्याउँदै महावीर पुन (भिडियोसहित)

२०२४ फागुन २८ मा रुसको सहायतामा स्थापना भएको कृषि औजार कारखाना २०५९ सालमा बन्द भयो । बन्द भएको झण्डै २० वर्षपछि राष्ट्रिय आविस्कार केन्द्रले उद्योगको मर्मत सम्भारसहित सञ्चालनको जिम्मेवारी पाएको छ । यतिबेला राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिक तथा इञ्जिनियरहरु कारखानाको मर्मतमा अहोरात्र खटिएका छन् । तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवले उद्घाटन गरेको उद्योगको शिलान्यास …