'राष्ट्र बैंकले डिजिटल करेन्सीलाई मान्यता दिने गरि योजना अघि बढायो'

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सूचना प्रविधि विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन्।सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। नेपालमा पछिल्लो समय इकमर्स, डिजिटल कारोबार वृद्धि हुँदै गएको उनले बताए। उनले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा यसले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो फाइदा लिनसक्ने सम्भावना रहेको बताए। उनले नेपालमा फिनटेक कम्पनी, अनलाइ

सम्बन्धित सामग्री

देशैभरि वित्तीय साक्षरता पुर्याउने योजना छ : गभर्नर अधिकारी

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल मनी विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याउने बताएका छन्।सोमवार काठमाडौँको ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसमेत पुर्‍याउन जरुरी रहेको बताए।गभर्नर अधिकारीले ग्लोबल मनी विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताए। उनले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए।गभर्नर अधिकारीले वित्तीय साक्

विशेष परिस्थितिले समस्याग्रस्त ऋणीलाई सम्बोधन गर्न समस्या समाधानको ढाँचा ल्याइने

७ साउन, काठमाडौं । प्राकृतिक प्रकोप तथा अन्य विशेष परिस्थितिका कारण समस्यामा परेको ऋणीको कर्जा सम्बन्धी समस्या समाधान गर्न ‘स्ट्रेस लोन रिसोलुसन फ्रेमवर्क’ ल्याइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो योजना सार्वजनिक गरेको हो । यस्तो ऋणीको कर्जा पुनरसंरचना लगायत व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन […]

डिजिटल करेन्सीका लागि थप अध्ययन चाहिने राष्ट्र बैंकको निष्कर्ष

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी (सीबीडीसी) परियोजनासम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । परियोजना अघि बढाउने सम्भावना रहेको तर यसका लागि राष्ट्र बैंकले सरोकारवालाको पनि राय खोजेको छ । बिहीबार सार्वजनिक प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार सीबीडीसीका लागि जनचेतनासँगै, रणनीति योजना, छुट्टै संयन्त्र, कानुनी सुधार, डेडिकेटेड टिम आवश्यक रहेको उल्लेख गरेको […]

कहाँ पुग्यो नेपालको आफ्नै ‘डिजिटल करेन्सी’को योजना ?

नेपाल राष्ट्र बैंकले आफ्नै विद्युतीय मुद्रा (डिजिटल करेन्सी) निर्माण सम्बन्धी प्रारम्भिक अध्ययन सकेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन निर्देशक अनुज दाहालको नेतृत्वमा गठित ६ सदस्यीय कमिटीले डिजिटल करेन्सीको प्रारम्भिक अध्ययन सकेको हो । कमिटीले यससम्बन्धी प्रारम्भिक प्रतिवेदन तयार पारेर विभागका कार्यकारी अधिकृत रेवती नेपाललाई बुझाइसकेको छ ।६ सदस्यीय टोलीले डिजिटल करेन्सीसँग सम्बन्धित प्रारम्भिक अध्ययन सम्पन्न गरी तयार पारेको प्रतिवेदन आफूसमक्ष आइपुगेको कार्यकारी अधिकृत नेपालले रातोपाटीलाई ज

राष्ट्र बैंकले किन बढाउंदै छ ब्याज, दियो यी ४ देशको उदारहण

नेपाल राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न ब्याजदर बढाउँने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै आर्थिक स्थायित्वको लागि ब्याजदरको उपकरण प्रयोग गरिने उल्लेख गरेको हो ।समिक्षामा आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने उल्लेख छ । मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने पनि राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकले अन्य देशको उदाहरण दिदै ब्याजदरको उपकरण प्रयोग गर्नु पर्ने जनाएको छ । राष्ट्र बैंकले अमेरिका, भारत, इंग्ल्याण्ड र ब्राजिलको उदाहरण पेश गरेको छ ।अमेरिकाको उदाहरण दिडिया राष्ट्र बैंकले भनेको छ 'विश्वव्यापी रुपमा बढ्दै गएको मूल्य वृद्धिका कारण विश्वका अधिकांश केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई कसिलो बनाउँदै लगेका छन् । अमेरिकी फेडरल रिजर्भले मार्च २३, २०२२ मा टार्गेट फेडरल फण्ड रेट २५ आधार बिन्दु (Basis Point) ले वृद्धि गरेकोमा मे ४, २०२२ मा दोश्रो पटक ५० आधार बिन्दुले पुन: वृद्धि गरेको छ । त्यसैगरी, फेडरल रिजर्भले आगामी तीन महिनासम्म प्रत्येक महिना ३० अर्ब डलर बराबरको ट्रेजरी र १७५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज MBS) बजारमा बिक्री गर्ने र तीन महिनापश्चात् ६० अर्ब डलर बराबरको ट्रेजरी र ३५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज बिक्री गरी बजारबाट तरलता प्रशोचन गर्ने योजना सार्वजनिक गरेको छ ।'त्यस्तै भारतको उदाहरण दिदै बैंकले भनेको छ ' भारतीय रिजर्भ बैंकले मे ४, २०२२ मा नीतिगत दरमा ४० आधार बिन्दुले वृद्धि गरेको छ भने मे २१, २०२२ देखि लागू हुने गरी अनिवार्य नगद अनुपातमा ५० आधार बिन्दुले वृद्धि गरी ४.५ प्रतिशत पुयाएको छ । अनिवार्य नगद अनुपातमा गरिएको वृद्धिबाट करिव भा.रु.८ खर्ब ७० अर्ब तरलता प्रशोचन हुने अनुमान गरेको छ ।'राष्ट्र बैंकले इंग्ल्याण्ड र ब्राजिलको पनि उदाहरण दिएको छ । राष्ट्र बैंकले भनेको छ 'बैंक अफ इंग्ल्याण्डले सन् २०२१ डिसेम्बरदेखि सन् २०२२ मे महिनासम्मको ६ महिनाको अवधिमा चार पटक नीतिगत दरमा वृद्धि गरेको छ । त्यसैगरी, उदीयमान अर्थतन्त्रमध्येको दक्षिण अमेरिकी मुलुक ब्राजिलको केन्द्रीय बैंकले अगष्ट २०२० मा २ प्रतिशतमा रहेको नीतिगत दरलाई मार्च १७, २०२२ सम्ममा नौ पटक वृद्धि गरी ११.७५ प्रतिशत पुयाएको छ।'राष्ट्र बैंकले सार्वजनिक गरेको समिक्षामा भनिएको छ 'कोभिड-१९ महामारीबाट खल्बलिएको विश्व आपूर्ति तथा उत्पादन श्रृंखला रसिया-युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुन गएको र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिले गर्दा मुद्रास्फीति विश्वव्यापी रुपमा बढ्दै गएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् भने कोभिड लक्षित नीतिगत सुविधाहरुलाई पनि क्रमश: कटौती गरिरहेका छन् । उपर्युक्त कारणहरुले गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा झै सन् २०२३ मा पनि विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२२ मा विकसित मलकहरुको अर्थतन्त्र ३.३ प्रतिशतले विस्तार हने अनुमान रहेकोमा सन् २०२३ मा २.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।'

हरेक त्रैमासमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने भएको छ । शुक्रबार घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेक्रममा राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । केन्द्रिय  बैंकले घरजग्गाको मूल्यमा आउने उतार चढावलाई मापन गर्ने लक्ष्यसहित हरके त्रैमासमा मूल्य विवरण सार्वजनिक गर्ने तयारी रहेको बताएको छ ।घरजग्गाको मूल्यमा आउने अस्वभाविक उतारचढावले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसको मापन गर्ने योजना बनेको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए । हाल राष्ट्र बैंक

मौद्रिक नीति आज सवा ४ बजे आउने

काठमाडौं।नेपाल राष्ट्र बैंकले आज सवा ४बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।राष्ट्र बैंकले दिएको सूचनाअनुसार आज शुक्रबार दिउँसो मौद्रिक नीति ल्याउन लागेको हो।नयाँ आर्थिक वर्ष २०७८/७९सुरु भएलगत्तै आउनुपर्ने मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिला गरेर आउन लागेको हो।यसअघिको केपी शर्मा ओलीको सरकारले ल्याएको बजेटको आधारमा तयार भएको मौद्रिक नीति नयाँ सरकार आएपछि आफ्नै योजना राखेर ल्याउँदा २८दिन ढिला भएको हो।

मर्जरका लागि पर्याप्त समय दिनुपर्छ

गोविन्द गुरुङप्रमुख कार्यकारी अधिकृत, सिभिल बैंकनेपाल राष्ट्र बैंकले ल्याएको मर्जर तथा एक्विजिसन नीतिका कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटे पनि वाणिज्य बैंकको संख्या घट्न सकेको छैन । सोही कारण पछिल्लो दुई वर्षदेखि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई लक्षित गर्दै बिग मर्जरको योजना अघि सारेको छ । विभिन्न बैंकबीच मर्जरको विषय सार्वजनिक भए पनि […]

अब मोबाइल ब्यालेन्सबाटै भुक्तानी, राष्ट्र बैंकले दियो अनुमति

मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले अनुमति पाएको छ ।  यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले मंगलबार अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । अनुमतिपत्र पाएको एक महिनाभित्र सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । मोबाइल मनीका लागि पूर्वाधार तयार भए पनि सञ्चालन रणनीति बनाउन बाँकी रहेको अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।