नेपाल–बंगलादेश दुईपक्षीय व्यापारमा सहजीकरण गरिने

नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमन चौैधरीबीच भेटघाट भएको छ । बंगलादेशका राजदूत चौधरीसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भेटेका हुन् । अध्यक्ष मल्लले नेपाल र बंगलादेश भौगोलिक रुपले धेरै नजिक भएता पनि दुई मुलुकबीच अपेक्षित रुपमा व्यापार सम्वन्धमा बढ्न नसकेको बताए । सार्क र बिमस्टेक जस्ता बहुपक्षीय फोरमहरूमा नेपाल तथा बंगलादेश एक अर्कालाई सहयोग गर्दै आइरहेको बताए । अध्यक्ष मल्लले नेपाल र बंगलादेशबीच आर्थिक सम्वन्ध वृद्धि गर्न प्रसस्त संभावना रहेको बताए