यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयो