रुसले भिटो प्रयोग गरेर रोक्यो युक्रेनसम्बन्धी प्रस्ताव

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेनसँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन । संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भ

सम्बन्धित सामग्री

चीनले रोक्यो चिपमा प्रयोग हुने महत्वपूर्ण धातुको निर्यात

अमेरिका र चीनबीचको प्रविधि युद्धमा पश्चिमा शक्ति पछिल्लो समय बढी नै आक्रामक देखिएको छ । गतवर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकी प्रविधिमा चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूको पहुँच सीमित बनाउन...

नास्टले रोक्यो टीएलडी सेवा

२८ पुस, काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले दुई सातादेखि थर्मो लुमिनेसेन्ट डोसिमिटर (टिएलडी) सेवा बन्द गरेको छ । स्वास्थ्य संस्थामा एक्सरे वा सिटीस्क्यान कक्षमा काम गर्ने स्वास्थ्यकर्मी विकिरणको जोखिममा पर्ने हुन्छन् । विकिरण आउने उपकरण प्रयोग गर्दा स्वास्थ्यकर्मीले टीलडी कार्ड लगाउने गर्छन् । शरीरले कति रेडियसन लिइरहेको छ भन्ने रेकर्ड उक्त कार्डमा रहन्छ […]

भारतले चिनी निकासी रोक्यो : नेपालमा महँगी र अभाव चर्किने

काठमाडौं । केही दिनअघि गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले चिनी निर्यातमा पनि रोक लगाएको छ । भारतको यो कदमसँगै आन्तरिक उत्पादनले नपुग्ने नेपालमा चिनीको मूल्य वृद्धि र अभाव चर्किने देखिएको छ । वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने नेपालमा आन्तरिक उत्पादन १ लाख ४० हजार मेट्रिक टन हाराहारी मात्रै छ । बाँकी माग आयात गरेर धान्ने गरिएको छ । विश्वव्यापी खाद्यसंकटको अवस्था आउन सक्ने अनुमानबीच भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने मुलुक भारत हो । नेपालको आन्तरिक उत्पादनले घरेलु माग धान्न नसक्ने भएकाले भारत, पाकिस्तानलगायत मुलुकबाट आयातित चिनीले धानिरहेको छ । पाकिस्तानले यसअघि नै चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेकाले भारतको पछिल्लो निर्णयले नेपालमा चिनीको अभाव र महँगी बढ्ने सरोकारवाला बताउँछन् । नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर गर्ने बताउँछन् । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन हाराहारी चिनीको माग छ । स्वदेशमा यो वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । भारतको प्रतिबन्धले निकट भविष्यमै नेपाली बजारमा चिनी अभाव हुने उनले बताए । भन्सार विभागको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारतबाट ८९ हजार मेट्रिक टन चिनी आयात भएको छ । सरकारी अनुदानको चिनी आयात र विक्री–वितरण गर्दै आएको संस्था साल्ट ट्रेडिङ कर्पोरेशनसँग ३२ टनमात्रै मौज्दात छ । उक्त मौज्दात सकिन नदिन साल्ट ट्रेडिङले खुद्रा रूपमा मात्रै चिनी बेच्ने गरेको छ । ५० हजार मेट्रिक टन चिनी किन्न सरकारसँग अनुमति मागेको डेढ वर्ष पुग्न लागे पनि त्यसमा बेवास्ता भइरहेको साल्ट ट्रेडिङका अधिकारी बताउँछन् । पछिल्लो समय साल्ट ट्रेडिङले आफ्नो चिनी भण्डार रित्तिन नदिन अन्तरराष्ट्रिय र आन्तरिक टेन्डरबाट १० हजार टन चिनी किन्न खोजे पनि भारतको प्रतिबन्धले खरीद प्रक्रिया प्रभावित हुने देखिएको प्रवक्ता कुमार राजभण्डारीले बताए । यसले नेपालमा चिनी अभाव हुने र मूल्य बढ्न सक्ने उनको भनाइ छ । बजारमा अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँ छ । भारतको प्रतिबन्धपछि ठूला व्यापारीले कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्न सक्ने खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर बताउँछन् । खाद्यसंकट सृजना हुन सक्ने अवस्था देखिएकाले मौज्दातमा रहेका खाद्यवस्तुको संयमित प्रयोग तथा उचित व्यवस्थापनमा सरकार र सबै सरोकारवाला लाग्नुपर्ने उनको सुझाव छ । रूस–युक्रेन तनावले खाद्यान्न संकट आउन सक्ने भन्दै भारत, मलेशिया, इन्डोनेशिया, सर्बिया, कजाकस्तानलगायत मुलुकले खाद्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका छन् । भारत सरकारको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार निर्देशनालयले मंगलवार एक सूचना जारी गरी यही जेठ १८ देखि कात्तिक १४ गतेसम्म चिनी निकासीमा रोक लगाउने निर्णय भएको जानकारी दिएको छ । अहिले चिनीको सिजन अफ भएकाले स्वदेशमै अभाव हुन सक्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । यसअघि भारतले स्वदेशमा उत्पादन घटेको भन्दै गत वैशाख ३० गतेदेखि गहँु निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले केही दिनअघि मात्रै फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा पनि कर बढाएको छ । चिनी निर्यातमा प्रतिबन्धसम्बन्धी सूचनामा तोकिएको प्रक्रियाअनुसार एक्ससीएल र टीआरक्यू कोटाअन्तर्गत यूरोप र अमेरिका निर्यात हुने चिनीमा प्रतिबन्ध लागू नहुने उल्लेख छ ।

घट्दै कोभिडविरुद्धको खोपको प्रयोग

पर्याप्त मौज्दात रहेपछि सरकारले तत्काल खोप खरिद प्रक्रिया रोक्यो  कोभिडविरुद्धको खोप प्रशस्त उपलब्ध भए पनि प्रयोग भने घट्दो क्रममा छ । दैनिक खोपको प्रयोग घट्दै गएपछि मौज्दात धेरै रहँदा सरकारले तत्काल खोप...

भारतले विस्फोटक पदार्थको निर्यात रोक्यो

भारतले विश्फोटक पदार्थको निर्यात रोकेपछि पूर्वाधार निर्माणमा प्रयोग हुने त्यस्तो पदार्थको आयात रोकिएको छ । भारतले आफ्नै मुलुकका लागि आवश्यकता रहेको भन्दै निकासीमा रोक लगाएपछि नेपालमा विस्फोटक पदार्थको अभाव हुने जोखिम...

श्रीलंकामा आर्थिक संकट : अस्पतालले रोक्यो शल्यक्रिया सेवा

स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ । ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित […]

श्रीलंकामा आर्थिक संकटको असर : अस्पतालले रोक्यो शल्यक्रिया सेवा

स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ ।‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, सोमबार अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ ।अस्पतालका निर्देशक

नेदरल्यान्ड्सले रोक्यो अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग

नेदरल्यान्ड्सले अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग स्थगित गरेको छ। सम्भावित 'साइड इफेक्ट' लाई मध्यनजर गर्दै डच सरकारले उक्त निर्णय लिएको बीबीसीले जनाएको छ। यसअघि आयरल्यान्ड लगायतका देशहरुले अक्सफोर्ड-अस्ट्राजेनेका भ्याक्सिन लगाएका केही व्यक्तिमा 'ब्लड क्लट'को समस्या देखिएको भन्दै भ्याक्सिनको प्रयोगमा अस्थायी रुपले रोक लगाउने घोषणा गरिसकेका छन्। यद्यपि, विश्व स्वास्थ्य संगठनले

इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको कोरोनाविरुद्धको खोप

काठमाण्डाै - इटालीले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोक लगाएको छ । यो निर्णयले गर्दा इटालीमा रहेको एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन भएका २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ । युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ ।  यो नियममा यदि कम्पनीले ईयूलाई दिने प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ । इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बीबीसीले जनाएको छ । एस्ट्रा...