मन्त्री झाक्री बिरामी, वीर अस्पताल भर्ना

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले  जनाएको छ।उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ। 

सम्बन्धित सामग्री

न्याम्स र वीर अस्पताल छुट्याउने प्रस्तावसहितको विधेयक दर्ता

सरकारले देशको पुरानो वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई छुट्याउन लागेको छ। संसद् सचिवालयमा दर्ता भएको 'केही नेपाल ऐन संशोधन विधेयक' मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ मा संशोधन गर्दै वीर अस्पताल र न्याम्सलाई छुटयाउन लागेको हो।

वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गर्ने राप्रपाको घोषणा

राप्रपाले वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने उल्लेख गरेको छ।

वीर अस्पताल अगाडि महानगरको डोजर

काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलहरु रहेको अस्थायी टहरा भत्काएको छ ।बिहीबार महानगरले वीर अस्पताल अगाडि रहेका औषधि पसलका अस्थायी टहरा भत्काएको हो । सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा रहेपनि अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । महानगरपालिकाले भने पसलहरु हटाउन बुधबार २४ घण्टे अल्टिमेटम […]

वीर अस्पताल क्षेत्रको अनाधिकृत संरचनामा महानगरकाे डाेजर (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनाधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो । संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ । बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो […] The post वीर अस्पताल क्षेत्रको अनाधिकृत संरचनामा महानगरकाे डाेजर (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीर अस्पताल वरिपरिका फार्मेसीमा पनि महानगरले डोजर चलायो (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरिपरि अवैध रुपमा निर्माण गरिएका फार्मेशीहरुमा डोजर चलाएको छ ।महानगरपालिकाले बिहीबार वीर अस्पताल वरिपरिका अधिकांश फार्मेसीका सटर भत्काएको हो ।हेरौं तस्बिरमा :

वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर

काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल)  हटाउन थालेको छ। बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ।

स्वास्थ्यमन्त्री वीर अस्पताल भर्ना

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका छन्।मधुमेहका बिरामीसमेत रहेका उनी रिँगटा लाग्ने समस्या भएपछि अस्पतालकाे इमर्जेन्सीमा पुगेका हुन्।हाल उनलाई वीर अस्पतालकाे भीआईपी क्याबिनमा सारिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए उनकाअनुसार सुगर बढेपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको हाे।हाल उनको परीक्षण गरिएका केही रिपोर्ट आउन बाँकी भएको डा. बस्नेतले बताए।

चिनका कारण भक्तपुरमा वीर अस्पताल बनेन : स्वास्थ्यमन्त्री

८ चैत, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग […]

भक्तपुरमा वीर अस्पताल बनाउने बारे चिनियाँ विदेशमन्त्रीसँग छलफल हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बारे चिनियाँ विदेश मन्त्रीको भ्रमणमा कुरा उठाउने बताएका छन् । मंगलवार चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भए पनि विभिन्न कारणले सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन । उनले भने – ‘चीनले गर्छु भनेको आँटमा हामीले