मधेस प्रदेश गठबन्धन बैठकबाट बाहिरिएको काँग्रेस छुट्टै बैठक गर्दै

मधेश प्रदेश गठबन्धनको बैठकबाट बाहिरिएको नेपाली काँग्रेसले छुट्टै बैठक गर्ने भएको छ । सोमबार बिहानदेखि सुरु भएको गठबन्धनको बैठकबाट बाहिरिएको काँग्रेसले आफ्नो पार्टी कार्यालयमा छुट्टै बैठक बोलाइएको काँग्रेस मधेस प्रदेश समितिले जनाएको छ ।आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक जारी छ । गठबन्धन आबद्ध दलका अध्यक्ष र नेताहरूको उपस्थितिमा तालमेलको मोडालिटी टुङ्गो लगाउनेबारे ठोस निष्कर्ष लगाउन सकिने सम्भावना रहेको नेताहरूले बताए पनि काँग्रेस बैठकबाट बाहिरिए पछि विशेष रुपमा हेरिएको छ ।