दाल-चामलको भन्सार शुल्क बढाउँन सरकार सकारात्मक, कति सम्म बढ्ला ?

चामल र दालमा भन्सार शुल्क बढाउनुपर्ने विषय अहिले जोडतोडले उठेको छ । चामल तेल, दाल, उद्योग संघमा आवद्ध उद्योगी व्यवसायीहरुले दाल र चामलको आयोगमा भन्सार महशुल बढाउन माग गरेपछि यो विषय अहिले जुर्मुराएको हो । चामल तेल, दाल, उद्योग संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता नेतृत्वको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीलाई भेटेर केहीदिन अघि दाल र चामल आयात गर्दा भन्सार महशुल बढाउनुपर्ने सुझाव दिएको हो । संघले चामल आयात गर्दा १५ प्रतिशत भन्सार महशुल लगाउन सुझाव दिएको छ । विदेशबाट चामल आयात गरेर बिक्रि गर्दा त्यसले ब्यापारीलाई मात्रै फाइदा पुग्ने र मुलुकको खाद्य स्थिति नै शत् प्रतिशत परनिर्भर बन्ने चेतावनीसहित संघले आयात निरुत्साहितका लागि यस्तो सुझाव दिएको हो ।डा. गुप्ता नेतृत्वको संघले चामल आयातको सट्टा औद्योगिक प्रयोजनका लागि धान आयात गर्न दिन र बन्द रहेका स्वदेशी उद्योगहरुको पुनःसञ्चालनको वातावरण बनाईदिन अर्थ सचिव समक्ष माग पनि गरेको छ । चामलको आयात रोकिँदा वा कम हुँदा नेपाली रातो बासमती चामलले मूल्य पाउने र यसले स्वदेशी किसानलाई फाईदा पुग्ने दाबी गुप्ताको छ । ‘धान आयात हुँदा यहाँ रहेका उद्योगमा कामदार बढाउनुपर्ने हुन्छ, यसले रोजगारी थप गर्छ, धानबाट उत्पादन हुने भुसलाई पशु आहार अथवा इन्धनको रुपमा प्रयोग गर्न पनि सकिन्छ’ डा. गुप्ताले भनेका छन्, ‘पशु आहारका लागि विदेशबाट छुट्टै भुस ल्याईरहनु पनि पर्दैन ।’ संघले तयारी दालको आयातमा २० प्रतिशत भन्सार महशुल लगाउन पनि माग गरेको छ । हाल दालको कच्चा पदार्थ तथा गेडागुडी र तयारी दालको आयातमा १० प्रतिशत भन्सार लाग्दै आएकोमा अब तयारी दाल आयातमा २० प्रतिशत भन्सार भहशुल कायम गर्न संघले माग गरेको छ । आयात गरेर बिक्रि गर्दा यसले औद्योगिक रुपमा कुनै फाइदा नगर्ने र ब्यापारीलाई मात्रै कमाउने बाटो बनाउने संघको ठहर छ ।त्यस्तै, संघले मुसुरोको दाल विदेश निर्यात गर्दा उद्योगहरुलाई दिइँदै आएको ४ प्रतिशत अनुदान सुविधा कटौती गरेकोप्रति आपत्ति जनाउँदै यसलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । दाल निर्यात गर्दा प्रतिकिलो १ रुपैयाँ निकासी शुल्क लिँदा महँगो भएकाले अन्तराष्ट्रिय बजारमा नेपाली दालले प्रतिस्पर्धा गर्न नसकेको दाबी गर्दै संघले हाल नेपाली दाल बंगलादेश जान नसकेको पनि बताएको छ ।कति सम्भव ?तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने बस्तुमा ७औँ नम्बरमा धान चामल छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म ३६ अर्ब ५८ करोडको धान चामल आयात भएको छ । उद्योगीहरुले दिएको सुझावलाई एकपटक ‘ट्रायल’का रुपमा हेर्न कम्तीमा १ वर्ष सुझावहरुलाई नीतिगत निर्णयमा समावेश गराएर लागू गर्ने तयारीमा अर्थ मन्त्रालयको रहेको बताईन्छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत दाल र चामलमा भन्सार महशुल बढाउने गरी सरोकारवालासँग अर्थ मन्त्रालयले आवश्यक छलफल गरिरहेको स्रोतले बताएको छ ।‘उद्योगीहरुले औद्योगिक वातावरण बन्नुपर्छ भनेर दाल र चामलमा भन्सार बढाईदिन अनुरोध गर्नुभएको कुरा साँचो हो’ अर्थ मन्त्रालय स्रोत भन्छ, ‘तर, यदि भन्सार बढ्दा आयात पूरै प्रभावित हुने र स्वदेशी उद्योगहरुले माग अनुसार दिन नसक्ने अवस्था आयो भने के हुन्छ ? साँच्चै स्वदेशी उद्योगहरु सबै खालका चामल र दाल माग अनुसार दिन सक्ने हुन् त ? भनेर हामीले अहिले इन्टरनल अध्ययन गरिरहेका छौँ ।’

सम्बन्धित सामग्री

विदेशबाट नेपाल आउँदा कुन सामानमा कति भन्सार, कुनमा छुट ?

पछिल्लो समय विदेसिबाट फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाणमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप ल्याउँदा विमानस्थलमै छाड्नुपर्ने हुन्छ वा महंगो भन्सार शुल्क बझाउनुपर्छ । भन्सार लाग्ने र भन्सार छुट भएका सामान तथा वस्तुका बारेमा […]

भन्सार ऐनले नै भन्छ, ‘कालोबजारी गरेर कमाऊ’

उत्पादनमा आधारित नभई भन्सारमा निर्भर अर्थतन्त्र भएको देशमा ‘भन्सार ऐन’मै त्रुटी रहेको पाईएको छ । भन्सार ऐन २०६४ मा कसले, कति मूल्यमा र कति राजश्व तिरेर बस्तुको आयात गरेको हो भनेर खुलाउन नपाईने व्यवस्थाले उपभोक्ता ठगीमा परिरहेका छन् ।भन्सार ऐन २०६४ को दफा ८८ (क) मा निकासीकर्ता वा पैठारीकर्ताको गोपनीयता सम्बन्धि व्यवस्था छ । उक्त व्यवस्थालाई देखाएर कुन बस्तु, कसले, कति मूल्य तिरेर आयात गर्यो भन्ने विवरण गोप्य राखिन्छ ।भन्सार ऐन २०६४ को दफा ८८ (क) मा उल्लेख गोपनीयता सम्बन्धि व्यवस्थामा भनिएको छ, ‘निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा पेश गरेका गोपनीयता कायम राख्नुपर्ने पर्ने प्रकृतिका भन्सार मूल्याड्ढन सम्बन्धी सूचना तथा अन्य व्यक्तिगत व्यवसाायिक सूचनाहरू अधिकार प्राप्त अधिकारीबाट अनुसन्धान वा लेखापरीक्षणको प्रयोजनका लागि वा अदालतबाट न्यायिक कारबाहीको प्रयोजनका लागि माग भएको अवस्थामा बाहेक गोप्य राखिनेछ ।’ यो व्यवस्थाका कारण उपभोक्ताहरु बस्तुको वास्तविक मूल्य थाहा पाउनबाट बन्चित भएका छन् । फलस्वरुप, बजारमा कालोबजारी अत्याधिक मात्रामा बढेको उपभोक्ताको क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुको अध्ययनले देखाएको छ ।दैनिक उपभोग्य बस्तुदेखि अत्यावश्यक औषधि र बिलासीका साधनमा समेत उक्त व्यवस्था आकर्षण हुने भन्दै भन्सार विभागले आयातकर्ताले भन्सार बिन्दुमा कति शुल्क तिरेर बस्तु आयात गरेको हो भन्ने तथ्यांक दिने गरेको छैन । मानौँ कुनै औषधि बाहिरबाट आयात हुन्छ, यहाँ उपभोक्ताले प्रति ट्याब्लेट १० रुपैयाँ तिर्नुपर्छ । तर, उक्त औषधिको आयातकर्ताको को हो, उक्त औषधि आयात गर्दा भन्सार बिन्दुमा कति शुल्क तिरेको छ, र भन्सार शुल्क तिरिसकेपछि कायम भएको मूल्य कति हो भन्ने जानकारी भन्सार विभागले त्यहीँ एनेको दफा ८८ (क) देखाएर दिन मान्दैन ।सवारी साधनको हकमा पनि ‘आयातकर्ताले भन्सार शुल्क तिरिसकेपछि कायम भएको मूल्य कति हो ?’ भन्ने विवरण गोप्य राखिन्छ । जसका कारण उपभोक्ताले वास्तविक लागत मूल्य थाहा पाउँदैन र बिक्रेताले भने अनुसारकै मूल्य तिर्न बाध्य हुन्छ ।भन्सार ऐनको दफा ८८ (क) कै कारण उपभोक्ताले बस्तुको वास्तविक मूल्य थाहा नपाउँदा बिक्रेताले जति भन्यो, त्यति नै मूल्य तिर्न बाध्य हुनु परेको र यसले कालोबजारी बढाएको राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष विष्णु तिमल्सिनाको भनाई छ । उक्त ऐनको दफाले नै घुमाउरो तरिकाले कालोबजारी गर्न प्रोत्साहन गरेको उनी बताउँछन् । उनले गोपनीयताको नाममा बस्तु आयातमा आयातकर्ताले भन्सार बिन्दुमा तिरेको मूल्यलाई गोप्य राखेर उपभोक्तालाई मार्ने काम हुनु दुःखद भएको भन्दै उपभोक्तालाई मारमा पर्ने खालका कानुन सच्याउनुपर्ने बताए ।यद्यपी, एमआरपी तोक्नैपर्ने १८ बस्तुको भने भन्सार बिन्दुबाटै मूल्य तोकेर पत्रिकामा सूचनासमेत छपाउनुपर्ने व्यवस्था छ । तर, सबै उपभोक्तामा यसबारे जानकारी नहुने भएकाले उपभोक्ताले चाहेको बेला कुनैपनि बस्तु आयात गर्दा आयातकर्ताले भन्सारमा तिरेको शुल्क पछिको मूल्य कति हो भन्ने जानकारी पाउनुपर्ने र यसका लागि उक्त दफा हटाउनुपर्ने माग तिमल्सिनाको छ ।मूल्य अभिवृद्धि कर निर्देशिकाले बस्तुको लागत मूल्यमा २० प्रतिशत बढी नाफा राख्न नपाउने व्यवस्था गरेको छ ।

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति

काठमाडौं, जेठ १४। सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय […]

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति

सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् ।पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको छैन । पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण मूल्य बढ्दै गएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो।अर्थतन्त्रक

पेट्रोलियम पदार्थ : बूढीगण्डकी र भन्सार कर गरेर ५\५ रुपैयाँ घटाइने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको […]

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्ले दियो सहमति

अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार  पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो । यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।यद्यपि, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय अहिले नै भइनसकेको भइसकेको स्रोतको भनाइ छ । सरकारले हाल उठाउँदै आएको बुढीगण्डकी जलविद्य

इन्धनमा १० रुपैयाँ कर घटाउन सरकार सहमत

काठमाडौं । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शीर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन । ‘वाणिज्य मन्त्रालयको प्रस्तावमा […]

पेट्रोलको भाउ कति पुग्ला ?

अहिलेको व्यस्त जीवनमा सवारीसाधन अनिवार्य अंग भइसकेको छ । निजी होस् वा सार्वजनिक यात्राकै लागि मानिसहरूले आफ्नो आयको केही हिस्सा खर्च गरिरहेका छन् । पेट्रोल र डिजेलको भाउ बढेसँगै आवतजावतमा लाग्ने खर्च पनि बढ्ने गरेको छ । भातभान्छा पनि महँगो हुने गरेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको बढायै छ र यो कतिसम्म बढ्छ भन्ने कुनै अनुमान गर्न सक्ने अवस्था छैन । अन्तरराष्ट्रिय बजारमा यसको भाउ बढिरहेको छ । मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता छ तर यति धेरै मूल्य बढाउनु पर्ने भने देखिँदैन । निगमले चालू आर्थिक वर्ष ६ महीनाको अवधिमा ४ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । निरन्तर मूल्य बढाउँदा पनि निगमले आफू घाटामा गएको बताउन छाडेको छैन । निगमले पछिल्लो समय गत माघ ५ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तरराष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर १ सय अमेरिकी डलरले बढाएको थियो । निगमले कायम गरेको मूल्यअनुसार हाल पेट्रोलको मूल्य १३९, डिजेल र मट्टीतेलको मूल्य १२२ रुपैयाँ छ । निगमले स्वचालित मूल्य प्रणालीअनुसार पटकपटक मूल्य समायोजना गर्दा पनि घाटा पूर्ति हुन किन सकेको छैन भन्नेमा केही पनि बताउने गरेको छैन । मूल्य स्थिरीकरण कोषमा भएको रकम पनि चलाएको दाबी निगमले गरेको छ । आईओसीसँग इन्धन खरीद गर्न मूल्य स्थिरीकरण कोषमा कम्तीमा १४ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । मूल्य स्थिरीकरण कोषमा निगमले विक्री गरेको कुल रकमको १ प्रतिशत रकम जम्मा गर्नुपर्छ । यो कोष तेलको भाउ अचाक्ली बढेमा त्यसलाई कम गराउने प्रयोग गर्ने उद्देश्यले खडा गरिएको हो । त्यसैले अहिले यो कोषको रकम चलाउनु उपयुक्त हो कि होइन भन्न सक्ने अवस्था छैन । मूल्य अझै बढ्दै गए त्यसलाई समायोजन गर्न समस्या हुँदै जाने देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारीमा रहेका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा राजस्व बढाउने चुनौतीमा थिए । २०७६ साल चैतदेखि लागू भएको बन्दाबन्दीले अर्थतन्त्र खराब हुने र आर्थिक क्रियाकलाप ठप्प भएको कारण लक्ष्यअनुसारको राजस्व नउठ्ने पक्का थियो । २०७७ साल जेठ १५ ल्याएको बजेटमा अर्थ मन्त्रालयका अधिकारीहरूले राजस्व बढाउन पेट्रोलियम पदार्थमा कर बढाउने आइडिया सुनाए । विश्वभर नै बन्दाबन्दीको कारण आर्थिक क्रियाकलाप ठप्प भएको हुँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल २० अमेरिकी डलरमा झरेको थियो । तत्कालीन अर्थमन्त्री खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ भन्सार शुल्क र पूर्वाधार कर ५ रुपैयाँलाई बढाएर १० रुपैयाँ बनाएका थिए । यसरी बढाएको दरबाट उपभोक्तालाई कुनै प्रभाव नपर्ने दाबीसमेत गरेका थिए । त्यतिबेला निगमले समेत यसको बोझ ग्राहकलाई नपार्ने बताएका थियो । तर, अहिले त्यो बोझ सीधै उपभोक्तामाथि थोपरिएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तरराष्ट्रिय बजारमा सस्तो हुँदासम्म उपभोक्तालाई बोझ थपिएन । तर, अहिले यही करकै कारण तेल सर्वाधिक महँगो भएको छ । खतिवडाले बढाएको करमात्र घटाउने हो भने आयल निगमले अहिले मूल्य घटाउन सक्छ । तर, कुनै पनि सरकारका लागि कर उठाउने सजिलो माध्यम बनेको पेट्रोल डिजेल । सरकारलाई अहिले प्रतिलिटर करीब ६० रुपैयाँ नाफा हुन्छ । जसले गर्दा सरकार कर घटाउन तयार छैन । यो अनिवार्य आवश्यक उपभोग्य वस्तु हो । यस्ता वस्तु सहज मूल्यमा उपलब्ध गराउनु सरकरको दायित्व हो तर सरकार आफै बढी कर लिएर यसलाई महँगो बनाइरहेको छ । भाउ घटाउनुपर्ने अवस्था आयो भने जहिले पनि भारततिर निकासी हुन्छ भन्ने तर्क दिएर निगम पन्छिने गरेको छ । यसको विकल्प खोजेर तेलको भाउ बढ्न नदिन सकिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् । मोहन अधिकारी कलंकी, काठमाडौं ।

उपभोग्य वस्तुको भन्सार घटाइने

भन्सारमा हुने चोरीपैठारी नियन्त्रण गर्न दैनिक उपभोग्य सामग्रीमा भन्सार शुल्क लागू गरिने भएको छ । सरकाले सीमाक्षेत्रमा दैनिक उपभोग्य सामानको हुने चोरीपैठारीलाई दृष्टिगत गरी भन्सार शुल्क कम गर्ने तयारी गरेको हो । केन्द्रीय भन्सार विभागका उपमहानिर्देशक विष्णुप्रसाद पाण्डेका अनुसार अहिले प्रमुख रूपमा २३ वटै भन्सार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको चोरीपैठारी बढी हुने देखिएको छ । ‘यसको नियन्त्रण गर्न दैनिक उपभोग्य वस्तुमा छिट्टै भन्सार कम गर्ने योजना बनाइरहेका छौं,’ पाण्डेले अभियानसँग भने । ‘अहिले देशका तराई क्षेत्रमा दैनिक उपभोग्य वस्तुका साथै कृषि क्षेत्रका सामग्री चोर बाटोबाट भित्रने गरेका छन् । त्यस्तै उत्तरी सीमाका नाकाहरूबाट पनि विद्युतीय सामग्री तथा लत्ताकपडा भन्सार छलेर भित्र्याइन्छ । पर्सा तथा मोरङबाट बढी मात्रामा सवारीसाधनका पार्टपुर्जा तथा विद्युतीय सामग्री ल्याइन्छ । भन्सारमा हुने चोरी पैठारी नियन्त्रण तथा सुधारका लागि नियमित अनुगमन, चेकजाँच तथा सशस्त्र प्रहरीले गस्ती गरिरहेको पाण्डेले जानकारी दिए । उनका अनुसार कुन कुन वस्तुमा कति प्रतिशत भन्सार छुट दिने भन्नेबारे हाल अध्ययन भइरहेको छ । बोटलर्स नेपाल ‘कन्ट्री अफ द इयर’ बोटलर्फ नेपाल लिमिटेड कन्ट्री अफ द इयर २००९ घोषित भएको छ । एसिया र अफ्रिकाका कोकाकोला कम्पनीहरूसँगको प्रतिस्पर्धामा बोटलर्स नेपालले उपाधि जितेको हो । कोकाकोला साब्कोको व्यवस्थापनअन्तर्गतको १६० देशका उच्च अधिकारी सम्मिलित बैठकले उपाधि घोषणा गरेको हो ।   वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६