न्युजिल्यान्डमा जागिर लगाइदिने भन्दै ३० लाख ठग्ने पक्राउ

न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् ।वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।नवलपुर घर भएका विकास जोशी र तनहुँको रिसिङ गाउँपालिका–५ घर भएका अमृत चन्दलाई ‘वर्किङ भिसा’मा न्युजिल्याण्ड पठाउँछु भनेर उनले प्रतिव्यक्