संस्थापन इतरमा जुटेन सहमति, शेखर–गगनबीच 'वान टु वान' वार्ता

काठमाडौं : नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ। संस्थापन इतर समूहबाट कांग्रेस संसदीय दलको उम्मेदवार टुंगो लगाउन बसेको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको हो। शेखर कोइराला र गगन थापा ‘वान टु वान’ बैठक बसेर संसदीय दलको नेता टुंगो लगाउने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। यस्तै संस्थापन इतरसमूहका सांसद सञ्जय गौतमले पनि दुई जना नेता बसेर सहमति गर्ने जानकारी दिए। ‘छलफलमा सकारात्मक नै छ। उहाँहरू छुट्टाछुट्टै बसेर टुंगो