इरानका राष्ट्रपति हसन रूहानीले पश्चिमी लोकतन्त्र कमजोर र दुर्बल रहेको बताएका छन् ।
बुधवार अमेरिकाको संसद् भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले गरेको आक्रमणपछि रूहानीको यो बयान आएको हो ।
टेलिभिजनमार्फत बयान दिँदै रूहानीले वाशिङटन डीसीमा भएका हिंस्रक घटनाहरू ट्रम्पको लोकरञ्जनवादी गतिविधिका कारण भएको बताए ।
‘उनले आफ्नो देशको छवि धमिल्याए र सारा संसारसँग अमेरिकाको सम्बन्ध बिगारे,’ रूहानीले भने ।
आतंकवादी ट्रम्पले ह्वाइट हाउस छोड्न लागेकोमा आफू निकै उत्साहित भएको रूहानीक...