लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन हुँदै

दाङ – लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन देउखुरीको कठबेरुवामा हुने भएको छ। चैत ३, ४ र ५ गते तीन दिन प्रदेशस्तरीय होमस्टे सम्मेलन हुन लागेको हो। होमस्टे महासंघ लुम्बिनी प्रदेशले शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो। राजपुर गाउँपालिका वडा नं. १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु […]

सम्बन्धित सामग्री

पर्यटकले भरिँदै घलेगाउँ, होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ !

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘पर्यटक वृद्धि हुँदा घरबास सञ्चालक यतिबेला उनीहरूको सेवामा व्यस्त भइरहेका छन् ।’  पर्यटक आगमन हुँदा आम्दानीसमेत भइरहेको घरबास सञ्चालकको भनाइ छ । यहाँ पर्यटकीय याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । घरबास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘यतिबेला पर्यटक आगमन हुँदा यहाँका घरबास सञ्चालकलाई दुईचार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ ।’ पर्यटकले भरिभराउ हुन थालेसँगै घलेगाउँ घरबासका सञ्चालक हर्षित भएका छन् ।  विसं २०५७ देखि सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सञ्चालनमा छन् । तीन सय जना पर्यटक एक रातमा बास बस्न सक्ने छन् । साथै यहाँ दुई वटा होटलसमेत सञ्चालनमा छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कार सँगसँगै आफ्ना कला, वेशभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।  विसं २०६२/०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । यस गाउँमा करीब एक सय ३५ घरधुरी छ ।  यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देखिन्छ ।   यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायतको परिकार खुवाउने गर्दछन् ।  घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ ।  पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ ।  पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।  यस गाउँमा पैदलयात्रा गरेमा करीब ६ घण्टा समय लाग्छ । काठमाडौंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । रासस

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

तनहुँ । सधैं पाहुनाको भीड लाग्ने व्यास नगरपालिका–१३ को आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहीन भएको छ । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् । कोरोना संक्रमण कम हुँदै गएपछि हाल जनजीवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकको भनाइ छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकको गुनासो छ । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि पाहुनाविहीन हुँदा होमस्टे सञ्चालक खेती किसानी गरेर जीविकोपार्जन गरेको बताउँछन् । बास बस्न आएका पाहुनालाई दिइएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ सुरु भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरू बताउँछन् । विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । ०७६ चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन नसकेको होमस्टे सञ्चालक रेशम विकले बताए । कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकामा पुनः ओमिक्रोनले प्रभावित बनेको भानु नगरपालिका–१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । ‘दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउनै पाएनन्,’ अध्यक्ष गुरुङले भने । ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल बस्ती टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । ०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै गएपछि गाउँलेहरू उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाइ छ । पूर्वाधार विकासले बामे सर्दै गरेको होमस्टे पाहुनाविहीन हुँदा गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनको बुझाइ छ । यस्तै पीडा चार वर्षअघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भीमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकको छ । यो होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको उनीहरू सुनाउँछन् । व्यावसायिक बोयर बाख्रापालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।  ‘यहाँका उकाली–ओराली, भन्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे । अहिले सुनसान बनेको छ,’ अध्यक्ष आलेले भने । हाल ओमिक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिए पनि पाहुना नआएको सञ्चालकको भनाइ छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झन्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आँपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् । रासस

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको होमस्टेले विस्तारै पर्यटकको मन जित्न थालेको हो ।     गाउँ घरमै उत्पादन गरेको खाद्य वस्तुले बजार पाउने भएकाले राम्रो आम्दानीसमेत हुन थालेको  होमस्टे (घरबास) सञ्चालकको भनाइ छ । विस्तारै पाहुना आउन थालेपछि आम्दानी पनि शुरु भएको छ ।   ...