प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे लगाए

काठमाण्डाै – प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो ।केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् । शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लाेगो पनि वितरण गरेको छ ।शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान...