शेखरको प्रष्टीकरण: देउवासँग मेरो कुरा मिलेको छैन

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुरा नमिलेको प्रष्टीकरण दिएका छन् । १४औं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेको कोइराला पराजित भएपनि पछिल्लो समय संस्थापन निकटसँग निकटता बढाएको आरोप लागेपछि उनले उक्त प्रष्टीकरण दिएका हुन् । बिहीबार नेपाली कांग्रेस निकटका पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा […]