श्रम सहकारीबाट निर्माण: सानालाई विस्थापित गर्न खाेजेकाे भन्दै निर्माण व्यवसायी महासंघको आपत्ति

चैत ४, काठमाडौं । सार्वजनिक खरिद ऐनको ११औँ संशोधनमार्फत पाँच करोड रुपैयाँभन्दा कमका ठेक्का श्रम सहकारीबाट गराएर साना निर्माण कम्पनीलाई विस्थापित गर्न खोजिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उपभोक्ता समितिमार्फत भएका काममा गलत काम भएको स्थापित हुँदाहुँदै श्रम सहकारीका माध्यमबाट काम गराउन खोज्न आपत्तिजनमक रहेको बताएको हो । श्रम सहकारीका नाममा उपभोक्ता समितिलाई काम दिएर कर नतिर्ने गरी राज्यकोषको दुरुपयोग गर्न खोजिएको महासंघका अध्यक्ष रवि सिंहले बताए । 'स्थानीयस्तरमा रोजगारी सृजना गर्न खोजिएको भए पाँच करोड रुपैयाँसम्मको कामको प्रतिस्पर्धा ‘घ’ वर्गका निर्माण व्यवसायीले मात्र ठेक्का हाल्न पाउने गरी व्यवस्था गरौँ, श्रम सहकारीका माध्यमबाट काम गर्ने व्यवस्था साना निर्माण व्यवसायीको काम खोस्ने नियतबाट प्रेरित भएकाले सच्याइनुपर्छ' उनले भने । नियमावलीमा ११औँ संशोधनले गरेका व्यवस्थाका विषयमा छलफल गर्न महासंघको राष्ट्रिय भेला आगामी १४ चैतमा काठमाडौँमा डाकिएको छ । यसअघि प्रधानमन्त्रीलगायत सरोकारवाला मन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउन लागिएको छ । नियमावलीमा संशोधन नगरिए निर्माण ‘होलिडे’लगायत बिरोधका कार्यक्रम गर्न बाध्य हुने महासंघले जनाएको छ । हाल बजारमा निर्माण सामग्री बिटुमिन, नदीजन्य सामग्री, सिमेन्ट, फलामजन्य सामग्री (छड, पाता, आइरन, ब्लेड), पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल) लगायतमा असामान्य मूल्यवृद्धि भएकाले नियन्त्रण नभएसम्म पनि निर्माण ‘होलिडे’ गर्न बाध्य हुनुपर्ने अवस्था आएको अध्यक्ष सिंहले बताए । सबै किसिमका ठेक्कामा मूल्यवृद्धि पाउने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट मूल्य समायोजनका लागि विशेष व्यवस्था गर्न प्राविधिक मार्गदर्शन–२ जारीको पहल गर्न पनि महासंघले माग गरेको छ । यसअघि विसं २०६५ मा पनि मूल्यवृद्धि हुँदा प्राविधिक मार्गदर्शन–१ जारी गरिएको थियो । नियमावलीको ११औँ संशोधनमार्फत् गरिएका म्याद थपमा सरलीकृत, धरौटी रकम फिर्ता पाउने, बैङ्क क्रेडिट लाइनमा सरलीकृत र एक पटकमा पाँचवटा निर्माणमा मात्र भाग लिन पाउने सकारात्मक व्यवस्थाको भने महासङ्घले स्वागत गरेको छ । ११औँ संशोधनमा केही व्यवस्था भने ठूला निर्माण व्यवसायीलाई मात्र फाइदा हुने गरी गरिएकामा महासंघका महासचिव रोशन दाहालले आपत्ति जनाए । हालै लुम्बिनी प्रदेश सरकारले दुई ठूला निर्माण कम्पनीले मात्र भाग लिन पाउने व्यवस्थासहितको टेण्डर गरेकाले त्यसलाई सच्याउन महासंघले माग गरेको छ । महासंघले २३औँ वार्षिक साधारणसभा एवं १२औँ महाधिवेशनबाट पारित गरेका २२ बुँदे घोषणापत्र पनि पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । रासस

सम्बन्धित सामग्री

सबै आयोजनाको निर्माण पनि रोकिन सक्छ : निर्माण व्यवसायी महासंघ

६ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन निर्देशन जारी नगरेमा अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनाको पनि निर्माण ठप्प पार्ने चेतावनी दिएको छ । सरकारले मूल्यवृद्धिबाट परेको असरमा तत्काल राहत दिने गरी निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’कै बीचमा आन्दोलनका कार्यक्रम सुरु गर्ने महासंघले बताएको छ । गत ११ वैशाखदेखि निर्माण व्यवसायीले मूल्य बढेको […]

बजेट सकारात्मक : निर्माण व्यवसायी महासंघ

सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/८० को बजेटका केही प्रावधान सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले सोमबार विज्ञप्ति जारी गर्दै ती प्रावधानहरूको अक्षरश कार्यान्वयनका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरूको तर्फबाट गर्नुपर्ने कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धता जनाएका छन् । नेपालका निर्माण व्यवसायीहरूले पनि विदेशमा निर्माण कार्यमा संलग्न हुन पाउने, संयुक्त उपक्रम (जेभी) को हकमा जरिवाना, थप दस्तुरमा शत प्रतिशत छुट

निर्माण व्यवसायी महासंघद्वारा मुख्यमन्त्रीकाे कार्यालयअगाडि विराेध प्रदर्शन

निर्माण व्यवसायी महासंघ, प्रदेश १ ले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय आकाशिएको मूल्यवृद्धिले निर्माणजन्य कार्यलाई अघि बढाउन नसकिएको जनाउँदै मंगलबार विराटनगरमा महासंघ आवद्ध व्यवसायीहरूले कन्स्ट्रक्स होलिडेका रूपमा विरोध गरेका हुन्। निर्माण व्यवसायी संघ मोरङका महासचिव ध्रुव कार्कीले सरकारलाई समेत मूल्यवृद्धिबारे जानकारी गराउँदा समस्या हल नभएपछि विरोधमा उत्रिनुपरेको बताए। […]

निर्माण व्यवसायी महासंघमा सिंह

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नवनिर्वाचित पदाधिकारीको शपथग्रहण सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका रवि सिंह पुनः निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा...

गैँडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत : निर्माण व्यवसायी महासंघ

सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैँडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्ड

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत: निर्माण व्यवसायी महासंघ

काठमाडौँ – सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन्। सडक विस्तारको काम भइरहेको […]

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीतः निर्माण व्यवसायी महासंघ

काठमाडौं– सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम […]

निर्माण व्यवसायी महासंघ र इपानको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानले बीमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका पुस १७ सम्ममा खारेज नभए १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उक्त निर्देशिका विकास विरोधी भएको बताउँदै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई […]

निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेजबीच सम्झौता

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखे […]