कोरोना महामारीबीच प्रदेश अस्पतालमा उत्कृष्ट घोषित भक्तपुर अस्पतालले शय्या विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र ७५ शय्याको अस्पताललाई २ सय शय्यामा विस्तार गरिने भएको हो । बिरामीको चाप बढेकाले क्षमता विस्तारको तयारी थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।