खरको छानोमुक्त हुँदै गुल्मी

गुल्मीमा खरको छाना विस्थापित गर्ने कार्यक्रमअन्तर्गत पाँच हजार २६७ घरमा जस्तापाता लगाइएको छ। आगलागी र मनसुनजन्य विपत्बाट जोगाउन सुरक्षित आवास निर्माणका लागि खरको छानो हटाएर जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ। मुसीकोट नगरपालिका गुल्मीमा कुल ९७४ घरमा भएको खरको छानोमा जस्ताको छानो फेर्नका लागि ९५४ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ। बाँकी २० वटा घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र यसका लागि हालसम्म चार करोड चार लाख २० हजार रुपियाँ खर्च भएको सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले जानकारी दिनुभयो ।