भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका तीन हजारभन्दा बढी नयाँ संक्रमित

 भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।२४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ  । सक्रिय संक्रमित पनि बढेर १८,६८४ पुगेको छ ।भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४,२५,३३,३७७ पुगेको छ ।