काठमाडांँको कोटेश्रस्थित महादेवस्थानमा नजिकै बस्दै आएका उदयपुर गाईघाटका १४ वर्षीय बालकले पाँच दिन अघि आत्महत्या गरे । आमा बुवाको अनुमतिबिना घरको पैसा उनले झिकेका थिए । नसोधी पैसा झिकेको भन्दै आमाले गाली गर्दा सलमा पासो लगाएर आशिष चौधरीले आत्महत्या गरे । यसरी आशिष जस्तै आवेगमा आएर वा मनोरोगी भएर आत्महत्या गर्ने बालबालिकाको संख्या पछिल्लो समय बढेकोे छ ।यता, घरभित्र बस्दा सरल स्वभाव देखाउने तर घर बाहिर निस्किसकेपछि एकोहोरो चिच्याउने लामो समयसम्म रोहिरहने व्यवहार डिल्लीबजारका ५ वर्षीय बालकले द