बदेँलको आक्रमणबाट सात जना घाइते

गौमुल गाउँपालिका–३ माझपालिमा जंगली जनावर बदेँलको आक्रमणमा परी ७ जना घाइते भएका छन्। माझपालीमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका स्थानीय ७ जनालाई आइतबार बिहान बदेँलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।