कास्कीका ६ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसको प्रदर्शन

पोखरा। सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ। कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परीणत भएको थियो।