ट्यांकर पल्टिएर अवरुद्ध भएको पोखरा विमानस्थल सञ्चालनमा

काठमाडौं :  पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टिदा एक घण्टा उडान अवरुद्ध भएको छ। जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए। उनले भने, क्रेन ल्याएर ट्यांकर उठाएका छौं, सबै सफा गरेपछि अहिले विमानस्थलको अपरेशन सञ्चालन भएको छ। इन्धन पोखिदा पोखरा विमानस्थल करिब एक घन्टा उडान अवरुद्ध भएको उनले बताए। 

सम्बन्धित सामग्री

पोखरा विमानस्थल खुल्यो : उडान-अवतरण सुरु

कास्की – तेलको ट्याङकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल खुलेको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहायताले उठाएसँगै बिहान ९ बजेपछि उडान–अवतरण शुरु भएको  विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो । आयल निगमको डिपोबाट बिहान जहाजमा तेल भर्न जाँदै गरेको ट्याङकर विमानस्थल परिसरभित्रको घाँसे मैदानमा पल्टिएको थियो ।  पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाज सञ्चालनमा आएका छन् ।

तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल खुल्यो

काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो […]

पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो

पोखरा विमानस्थल केही समयका लागि अवरुद्ध हुने भएको छ । जहाजमा इन्धन भर्न गएको ट्यांकर धावनमार्ग छेउमा पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले कान्तिपुरलाई बताए ।

असिना पानीले अवरुद्ध पोखरा विमानस्थल सञ्चालन

९ फागुन, काठमाडौं । आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार १० बजेपछि विमानस्थल सञ्चालन भएको हो । आइतबार दिउँसोबाट विमानस्थल बन्द हुँदा निर्धारित उडानहरु रद्द भएका थिए । सोमबार समेत बिहानका लागि निर्धारित उडान ढिला भएका छन् । पोखरामा आइतबार अकस्मात […]

यतीको विमान पांग्रा ‘लक’ हुदाँ अवरुद्ध पोखरा विमानस्थल २ घण्टापछि सञ्चालनमा

यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा पांग्रा ‘लक’ भएर अवरुद्ध विमानस्थल करिब २ घण्टापछि खुलेको छ। प्राविधिकको टोलीले विमान मर्मत गरी पार्किङमा लगेपछि विमानस्थल सञ्चालनमा आएको पोखरा विमानस्थल प्रमुख भोला गुरागाईंले बताए। काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का ‘लक’ भएपछि धावन मार्ग अवरुद्ध भएको थियो। जहाज पांग्रा…