सौर्य ऊर्जाबाट २५ मेगावाट

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–६ र १२ मा निर्माण गरेको सोलार प्लान्ट । ५ सय रोपनी क्षेत्रफलमा फैलिएको २५ मेगावाट क्षमताको यो प्लान्टबाट भदौ १० देखि उत्पादन थालिएको थियो । परीक्षण सफल भएपछि अहिले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

सम्बन्धित सामग्री

बारामा सौर्य ऊर्जा उत्पादन सुरु

अपि पावर कम्पनी लिमिटेडले बाराको डुमरवानामा एक मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । नेपाल राष्ट्रिय माविको करिब ६ बिगाहा जग्गा भाडामा लिएर कम्पनीले ८ करोड लगानीमा सौर्य ऊर्जा उत्पादन थालेको हो । नेपालको पहाडी जिल्लाहरुमा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको अपि पावरले मधेस प्रदेशको चन्द्रनिगहापुरमा ४ मेगावाट, ढल्केबर र बाराको डुमरवानामा १/१ मेगाको विद्युत् उत्पादन गरिरहेको छ भने बाराको परवानीपुरमा थप ८ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादनको काम भइरहेको कम्पनीले जनाएको छ  ।

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट  सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता  अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री  शेरबहादुर देउवाको अध्यक्षतामा  मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास   गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगर पालिका र   डडेल्धुरा जिल्लाको अमरगढी नगर पालिकामा सौर्य ऊर्जाको विकासका लागि अध्ययन  गर्न अनुमति दि

उडिसामा ५०० मेवा सौर्य ऊर्जा उत्पादन गर्न एनएचपीसी र जीईडीकोल बीच  सम्झौता

पुस २७, नयाँदिल्ली(भारत) । भारतको उडिसामा ५०० मेगावाट(मेवा) सौर्य ऊर्जा उत्पादन गर्न सम्झौता भएको छ ।  त्यहाँको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपीसी) ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसन अफ उडिसा(जीईडीकोल) सँग ५०० मेवा ऊर्जा उत्पादन गर्न हालै सम्झौता गरेको हो। सौर्य ऊर्जाबाट विद्युत् निकाल्न लागिने ज्वाइन्ट भेन्चरमा पहिलो चरणमा ३०० मेवा बिजुली उत्पादनका लागि २० अर्ब  भारु खर्च हुने इकोनोमिक टाइम्सले  आफ्नो वेब संस्करणमा समाचार छापेको छ।  उडिसा सरसकारका ऊर्जा राज्यमन्त्री दिव्यशंकर मिश्रको उपस्थितिमा एनएचपिसीका सीएमडी एके सिंह र उडिसाको उत्पादक कम्पनीका तर्फबाट अध्यक्ष विष्णुपद सेठीले हस्ताक्षर गरेको भारतीय ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले  समाचार छापेको छ। उनीहरु  बीच  सन् २०२० को जुलाई २० मा ऊर्जा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। अब दुवै कम्पनीका तर्फबाट ज्वाइन्ट भेन्चर कम्पनी स्थापना हुनेछ र त्यसले त्यहाँको सरकारको निर्देशन अनुसार काम अघि बढाउने छ। कम्पनीमा केन्द्र सरकार मातहतको कम्पनीको दुईतिहाई लगानी हुनेछ भने एक तिहाई उडिसाको कम्पनीको हुने छ।  कम्पनीमा एनएचपिसीतर्फ तीनजना निर्देशक तथा एकजना प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुने छन् भने उडिसाको कम्पनीले एकजना निर्देशक तथा मातहतका अन्य महत्वपूर्ण पद पाउने सम्झौतामा उल्लेख छ। भारतले उडिसामा नवीकरणीय ऊर्जाका क्षेत्रमा गर्न लागिएको यो ठूलो लगानी भएको बताएको छ । एजेन्सी

उडिसामा ५०० मेघावाट सौर्य ऊर्जा उत्पादन हुने

भारतको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपिसी)ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसनसँग ५०० मेघावाट ऊर्जा उत्पादन गर्ने सम्झौता गरेको छ। सौर्य ऊर्जाबाट विद्युत निकाल्न लागिने ज्वाइन्ट...

१० मेगावाटको सौर्य ऊर्जा परियोजना शिलान्यास

झापा । झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा मंगलवार मुलुककै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले १० मेगावाट विद्युत् उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको वैदिक विधिपूर्वक मंगलवार शिलान्यास गरेका छन् । कार्यक्रममा संविधानसभाका अध्यक्ष नेम्वाङले आफ्नै हातले संविधान लेख्ने जनताको चाहना पूरा भएपछि अब मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्‍याउने बताए । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा ३ वर्षअघि यो सौर्य ऊर्जा परियोजना शुरू भएको थियो । रू. ८० करोडको लागत रहने यस परियोजनामा ३० प्रतिशत पब्लिक शेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैंकले गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्षसमेत रहेका सांसद साँवाले जानकारी दिए । नेपाल सरकारबाट विद्युत् उत्पादन अनुमति र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् विक्रीसम्बन्धी पीपीए सम्झौता गरिसकेको झापा इनर्जीले सोलार प्यानल राख्नका लागि शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा २१ बिगाहा सात कठ्ठा जग्गा किनिसकेको छ । उक्त जग्गामध्ये १८ बिगाहा क्षेत्रफलमा सोलार प्यानल राखिने र अरू स्थानमा पर्यटकीय एवं कृषि परियोजना सञ्चालन गरिने कम्पनीका सञ्चालक सुभाष भट्टराईले जानकारी दिए । उनका अनुसार आगामी १ वर्षभित्र विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रीड) मा जोडिसक्ने लक्ष्य रहेको छ । कम्पनीले नेपाल सरकारलाई विद्युत् विक्री गर्ने भएकाले प्राधिकरणसँग पीपीए सम्झौता गरेको हो । नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर १ हजार मेगावाट पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए । विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए । रासस

झापामा १० मेगावाटको सौर्य ऊर्जा परियोजनाको शिलान्यास

झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा आज मुलुककै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले १० मेगावाट विद्युत् उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको वैदिक विधिपूर्वक आज शिलान्यास गरेका हुन्। कार्यक्रममा संविधानसभाका अध्यक्ष नेम्बाङले आफ्नै हातले संविधान लेख्ने जनताको चाहना पूरा भएपछि अब मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पु¥याउने बताए । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि...

प्रदेश २ मा सौर्य ऊर्जा : प्रदेश सरकार र प्राधिकरण तानातानले योजना अलमलमा

वीरगञ्ज । जल विद्युत् उत्पादनमा सम्भाव्यता नदेखिएको प्रदेश २ मा सौर्य ऊर्जा उत्पादनको योजनासमेत अलमलमा परेको छ । प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणबीच क्षेत्राधिकारको तानातानले ऊर्जा विकासले गति लिन नसकेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०७५ चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा चौधरी ग्रूपसँग २०० मेगाबाट सौर्य ऊर्जा उत्पादनको सम्झौता गरेका थिए । संघीय सरकारले आर्थिक २०७६/७७ को बजेटमार्फत प्रत्येक प्रदेशमा सौर्य ऊर्जाका दुईओटा ठूला योजना विकास गर्ने घोषणा गरेपछि २ नम्बर प्रदेश सरकारले सौर्य ऊर्जामा अग्रसर भए पनि अपेक्षित प्रगति देखिएको छैन । प्रदेश २ का आठै जिल्लामा सौर्य ऊर्जा उत्पादनको योजना बनेको थियो । प्रत्येक जिल्लामा कम्तीमा २५ मेगावाटसहित ३०० मेगावाट विद्युत् उत्पादनको योजना राखेको प्रदेश २ बाट गतवर्ष १३ मेगावाट ऊर्जा नेपाल विद्युत् प्राधिकरणको पावर ग्रीडमा जोडिएको छ । यो तथ्यांक आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ । प्रदेश २ बाट प्राधिकरणको ग्रीडमा जोडिएको यो पहिलोपटक हो । प्रदेश सरकारका ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्मा नेपाल विद्युत् प्राधिकरणको नियमावलीको अवरोधका कारण प्रदेशमा ऊर्जा विकासको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताउँछन् । कानूनले २० मेगावाटसम्मको विद्युत् उत्पादनको अनुमति प्रदेश सरकारको क्षेत्राधिकारमा राखे नियमावली देखाएर प्राधिकरणले अवरोध गरेको मन्त्री शर्माले गुनासो गरे । प्राधिकरणको अवरोधका कारण लगानीकर्ताले प्रदेश सरकारलाई नपत्याएको उनले बताए । प्रदेशले दिएको स्वीकृति प्राधिकरणले नमानेपछि ऊर्जा उत्पादनमा लगानी गर्न चाहनेहरू पछि हटेको पनि मन्त्री शर्माको भनाइ छ । ‘संसद्ले ऐन बनाएरै २० मेगावाटसम्मको विद्युत् उत्पादनका लागि स्वीकृति दिनसक्ने अधिकार प्रदेश सरकारलाई दिएको छ । तर, नेपाल विद्युत् प्राधिकरणको नियमावलीमा १ मेगावाटभन्दा बढीको स्वीकृति प्राधिकरणसँगै लिनुपर्ने व्यवस्था रहेछ,’ शर्माले आर्थिक अभियानसित भने, ‘प्राधिकरणले त्यो नियमावली देखाएर प्रदेशले सिफारिशमात्र गर्न सक्ने भनेर अड्काइरहेको छ ।’ जल विद्युत्को सम्भावना नभएको २ नम्बर प्रदेशमा ऊर्जा उत्पादनको खुबी भनेकै सौर्य ऊर्जा भएको उनले बताए । ‘यहाँ वर्षका १२ महीनामा १० महीना मज्जाको घाम लाग्छ । सौर्य ऊर्जाको राम्रो सम्भावना छ । तर, प्राधिकरणको अत्तोले अघि बढ्न सकिएन,’ मन्त्री शर्माले गुनासो गरे ।

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि एमओयूमा हस्ताक्षर

एमओयूका अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ

नेपालकै ठूलो सौर्य ऊर्जा परियोजना ‘फिजिबिलिटी स्टडी’ सिंगापुरको कम्पनीले गर्ने

काठमाडौं । सिंगापुरको राइजेन इनर्जी सिंगापुर जेभीले नेपालमा २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको