मिटर ब्याजको पासो : ६ लाख ऋण लिएर २२ लाख तिर्दा पनि अझै २९ लाख बाँकी !

काठमाडौं : विसं. २०७० सालमा  नवलपरासीका सफरल्लाह मियाँले छोरीको बिहेका लागि जगदीश बानियाँसँग ६ लाख रुपैयाँ ऋण काढे। ऋण लिएर छोरीको धुमधाम बिहे गरे।कामका लागि विदेश गएर फर्किएका उनको विदेशमा पनि खास कमाइ हुन सकेन। आफ्नो नाममा भएको घरसहित १८ कठ्ठा जमिन साहुलाई बुझाएर उनले ऋण लिएका थिए।साहु निस्किए ‘गरिब चुसाहा’। जो गरिबको पसिना चुस्न माहिर थिए। उसैको फन्दामा परे मियाँ। ती साहुलाई ऋण तिर्न मियाँ आफूले खुबै पसिना बगाए। ऋण लिएको ६ लाख तर ८ वर्षसम्म पटक पटक गरी उनले साहुलाई