एनआरएनएले पहिलो चरणमा ४ प्रदेश र दोस्रो चरणमा ३ प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं।सात प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहिलो चरणमा चार वटा प्रदेशमा काम अघि बढाउने बताएको छ। पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन वटा प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने काम अघि बढेको एनआरएनएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कोरोना विरामीको उपचारमा अक्सिजन कमी भएपछि एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो।