विराट गोल्डकपः विभागीय टोली आर्मी न्यूरोड टिमसँग पराजित हुँदै बाहिर

मोरङ- विराटनगरमा जारी विराट गोल्डकपको आठौं संस्करणमा न्यूरोड टीम एनआरटीले सुखद सुरुआत गरेको छ। सहिद मैदानमा शुक्रबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा एनआरटीद्वारा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब २ शुन्यले पराजित भएको हाे। आर्मी पहिलो खेलमा हार ब्यहोर्दै घर फर्किँदा जित हात पारेको एनआरटी जारी गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। एनआरटीका लागि खेलको २६ औं मिनेटमा […]

सम्बन्धित सामग्री

पोखरा गोल्डकप : आर्मी र सङ्कटा भिड्दै

पर्वत :  सहारा क्लब पोखराको आयोजनामा पोखरामा चलिरहेको २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा क्लबबीच खेल हुँदै छ।गोल्डकपको तेस्रो क्वार्टर फाइनल अन्तरगतको खेलमा यी दुई समूह दिउँसो साढे एक बजे पोखरा रङ्गशालामा प्रतिस्पर्धा गर्ने छन्।  आजको खेलमा विजेता बनेको टोलीले पुस २० गते विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँग भिड्नुपर्ने छ। गत पुस १६ गते भएको खेलमा एपीएफले धरान फुटबल क्लबलाई पराजित गरेको थियो। आहा रारा गोल्डकपको अघिल्ल

टाइगर कपः पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

काठमाडौं – टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन्। पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो […]

एनभीए क्लब भलिबल च्याम्पियनसिप महिलातर्फ आर्मी तेस्रो

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा जारी छैठौं एनभीए क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । सेमिफाइनलमा विभागीय टोली एपीएफसँग पराजित हुँदै फाइनल पुग्न असफल भएको आर्मीले तेस्रो स्थान हासिल गरेको हो । शनिबार बिहान भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा ३-० को सोझो सेटमा जित निकाल्दै आर्मी तेस्रो बनेको […]

घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौं । खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिए । हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गर्न सकिनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपीएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अंक जोडेको छ । एपीएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।