मटिहानीमा भेटिएको बम डिस्पोज

महोत्तरीको मटिहानी नगरपालिका अगाडि फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।  शनिवार बिहान भेटिएको बम नेपाली सेनाको रणभीम गणको बम डिस्पोज टोलीले डिस्पोज गरेको हो। बिहान १० बजे भेटिएको...

सम्बन्धित सामग्री

पोल्याण्डमा विश्व युद्धको क्रममा छाडिएको बम भेटियो

एजेन्सी । पोल्याण्डको लुबलिन शहरमा दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार निर्माण क्षेत्रमा २ सय ५० किलो तौलको बम फेला परेको हो । बम फेला परेको क्षेत्र आसपासका करीब १४ हजार मानिसलाई घरबाट सुरक्षित स्थानमा पठाएपछि बम डिस्पोज गरिएको छ । बम डिस्पोज गर्नुअघि आसपासका घरहरुमा सबै […]

गोरखा २ को मतदान केन्द्रमा भेटिएको बम डिस्पोज

गोरखा नगरपालिका ८ को द वल्ड क्यापिटल माविमतदान केन्द्रमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।...

ओखलढुंगामा प्रेसर कुकर बम डिस्पोज

ओखलढुंगा । ओखलढुंगामा शनिबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो । बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेको छ । नेत्र विक्रम चन्द […]

काभ्रेमा बम डिस्पोज गरे पछि सवारी साधन चल्न थाले

बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधन चल्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको टोलीले डिस्पोज गरेपछि सवारी साधन पूर्वबत चलेका हुन् ।खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गणको

सेनाद्वारा पाइप बम डिस्पोज

सिमकोट – जिल्ला अस्पताल क्षेत्र नजिक शंकास्पद रूपमा भेटिएको पाइप (आईडी) बम भएको र त्यसलाई निष्क्रिय पार्ने कार्य सफल भएको छ। बराहदल गुल्म रानीबनबाट गएको नेपाली सेनाको टोली बम भेटिएको क्षेत्रबाट एकान्त दुनेलामा लगेर निष्क्रिय पारेको हो। बराह दल रानीबन गुल्मले शंकास्पद रुपमा भेटिएको बस्तुु पाइप बम भएको र त्यसलाई सेना निष्क्रिय पार्न सफल भएको […]

रुकुम पूर्वमा भेटिएका सकेट बम सेनाद्वारा डिस्पोज

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ को वुर्किसल्लामा फेला परेको सकेट बम डिस्पोज गरिएको छ। नेपाली सेनाको नरसिंह दल गण सुरक्षा गुल्म रुकुम पूर्वको टोलीले आज दिउँसो बम डिस्पोज गरेको हो। सेनानी...

रुकुम पूर्वमा भेटिएका १० वटा सकेट बम डिस्पोज

रुकुम पूर्व – रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरिएको छ । हिजाे बिहीवार कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएका सकेट बम आज शुक्रवार डिस्पोज गरिएको हो ।  रुकुमकोटबाट गएको नेपाली सेनाको टोलीले दिउँसो बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । कालो ड्रमबाहिर रहेका दुई वटा र ड्रमभित्र रहेका आठ वटा गरी १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको हो ।  हिजाे  दिउँसो बाख्र...

अपडेट : सेनाले सुरक्षित डिस्पोज गर्यो १० वटै सकेट बम

रुकुम (पूर्व) : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जंगलमा फेला पारिएको सकेट बम डिस्पोज गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएको सकेट बम शुक्रबार आज दिउँसो नेपाली सेनाले डिस्पोज गरेको हो। रुकुम सिस्नेको जङ्गलमा दर्जन बढी सकेट बम फेलाड्रमबाहिर दुई वटा र ड्रमभित्र आठवटा गरी करिब १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। बिहीबार (हिजो) दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले

महोत्तरीमा फेला परेको बम सेनाद्वारा डिस्पोज

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका २ धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकी नजिकै फेला परेको बम डिस्पोज गरिएको छ। नेपाली सेनाको रणभिम गणको टोलीले बम डिस्पोज गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले नेपाली सेनालाई बोलाएपछि बम नै रहेको पुष्टि भएको छ । सेनाको टोलीले उक्त बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। […]

सोलुखुम्बुमा भेटिएको बम डिस्पोज

सोलुखुम्बु : जिल्लाको सोलु्दुधकुण्ड नगरपालिका-२ फेरामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ।ओखलढुंगाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम मंगलबार साँझ डिस्पोज गरेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए।प्रहरीका अनुसार स्थानीयले मंगलबार बिहान बारीमा काम गर्ने क्रममा उक्त बम भेटेपछि प्रहरीलाई खबर गरेका थिए। निक्कै पुरानो जस्तो देखिएको उक्त बम द्वन्द्वकालीन समयमा लुकाइएको हुनसक्ने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले बताए।